बिश्वकै पातलो स्मार्टफोन नेपाली बजारमा

२०७१ पुष २ गते, बुधबार

काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी जियोनीले अहिलेसम्मकै पातलो स्मार्टफोन ‘इलिफ एस ५.१’ मंगलबार नेपाली बजारमा सार्वजनिक गरेको छ ।इलिफ एस ५.१ को मूल्य नेपाली बजारमा ३० हजार रुपैयाँ पर्ने छ । साथै, जियोनीले ‘एम थ्री म्याराथन’ स्मार्टफोन पनि मंगलबार नै सार्वजनिक गरेको छ, जसको मूल्य २० हजार पर्ने छ ।
नेपालमा जियोनीका मोबाइल बिक्रि सुरु भएको तीन महिनाभित्र करिव २० हजार सेट बिक्रि भइसकेको बितरक टेलिटक प्रा.लिले जनाएको छ ।
टेलिटकका प्रमुख कार्यकारी अधिकृत सञ्जय अग्रवालले भने- तीन महिनाको बिक्रिबाट निकै उत्साहित छौं ।’
बिश्वकै ध्यान तान्न सफल इलिफ एस ५.१ यसको डिजाइन र तौलका कारण लोकप्रिय बन्न सफल भएको छ ।
४.८ इन्चको एमोलेड डिस्प्लेमार्फत उपभोक्ताहरुले अत्यधिक चम्किलो रंगहरुको अनुभव गर्न सक्नेछन् । ८ मेगापिक्सेल रेयर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरामा बिभिन्न मोडअनुसार तस्वीर खिच्न सकिन्छ ।
फोटो खिचेपछि मेकअप, फोकस र लाइट टेष्ट गरेर थप आर्कषक बनाउन सक्छन् ।इलिफ एस ५.१ मा फेक कल, ओटिजी मोड, डिटिएस मोड, फि्लप अलार्म आदि स-साना कुराहरु यसमा जडान गरिएको छ । साथै, यसमा वेट हृयाण्ड मोड पनि उपलब्ध छ ।
यसमा ओक्टा कोर १.७ गिगाहर्ज प्रोसेसर, १ जिबी र्‍याम र १६ जि.बी. इन्ट्रनल स्टोरेज, गोरिल्ला थर्ड जेन ग्लासजस्ता विशेषताहरु छन् । नेपालमा तीन महिनामा ५ हजार थान बिक्री गर्ने जियोनीको लक्ष्य छ ।
यो स्मार्टफोनको सबैभन्दा राम्रो विशेषता भनेको उच्च क्षमताको ब्याट्रि हो । यसमा ५००० एमएएच क्षमताको ब्याट्रि रहेको छ ।जुन ब्याट्रि एकपटक फुल चार्ज गरेपछि ३३.७ घण्टासम्म लगातार कुरा गर्न र ३२ दिनसम्म चार्ज नगरी प्रयोग गर्न सकिन्छ ।लोडसेडिङबाट ग्रस्त नेपालमा यो फोन अति उत्तम हुने टेलिटकका सिइओ अग्रवालले दाबी गरे ।यो स्मार्टफोन ओटिजी रिभर्स चार्ज, ओटिजी डाटा ट्रान्सफर, हटनट, ब्ल्याक स्क्रिन गेस्चरको नियन्त्रण जस्ता नयाँ विशेषताले भरिपूर्ण छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार