बिल गेट्स विश्वकै सर्बाधिक धनी व्यक्ति

२०७१ फाल्गुन १९ गते, मंगलवार

काठमाडौँ, १९ फागुन । माइक्रोसफ्टका संस्थापक बिल गेट्स फोब्र्स पत्रिकाले सार्वजनिक गरेको विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा परेका छन् ।
विश्वका सबै भन्दा धनी व्यक्तिको रुपमा बिल गेट्स फोब्र्सको सूचीमा परेको यो १६ औँ पटक हो ।
मेक्सिकोका व्यवसायी कार्लोस स्लिमलाई एक पटक फेरि पछि पार्दै बिल गेट्स विश्वका नम्बर एक धनी व्यक्ति बनेका हुन् ।
बिल गेट्सको कुल सम्पत्ती ७९ दशमलब २ अर्ब डलर रहेको फोब्र्सले जारी गरेको सूचीमा उल्लेख छ । गेट्सको पछिल्लो एक वर्षमा तीन अर्ब डलर सम्पत्ती बढेको छ । यस्तै, दोस्रो धनी व्यक्ति कार्लोस स्लिमको ७७ दशमलब १ अर्ब डलर रहेको छ ।
यसैगरी, अमेरिकी लगानीकर्ता वारेन बफेट ७२ दशमलब ७ अर्ब सम्पत्तिका साथ तेस्रो नम्बरमा परेका छन् भने अमानसियो ओर्टेगा ६४ दशमलब ५ अर्ब सम्पत्तीका साथ चौथो नम्बरमा परेका छन् ।
भारतका उद्योगपति मुकेश अम्बानी अर्बपतिहरुको सूचीमा ३९ औँ नम्बरमा परेका छन् ।
यता बिश्वको धनी ब्यक्तिको सूचीको उत्कष्ट दशमा एक महिला पनि परेकी छिन् ।वालमार्टका मालिक क्रिस्टी वाल्टन उत्कृष्ट दशमा परेकी हुन् । क्रिस्टीको कुल सम्पती ४१ दशमलव ७ अर्व अमेरिकी डलर रहेको छ ।वाल्टन विगत ६ बर्षमा पाँच चोटी उत्कृष्ट दशमा परिसकेकी छिन् । यता भारतका धनाढ्य मुकेश अंबानी ३९ औ स्थाना परेका छन् । अंबानीको कुल सम्पती २१ अर्व अमेरिकी डलर रहेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु