बिबाहमा घोडीघोडी प्रयोग गर्न प्रतिबन्ध

२०७५ बैशाख २४ गते, सोमबार

काठमाडौं, २४ बैशाख । भारतको मध्यप्रदेशको राजधानी भोपालमा विवाहको मौसमामा प्रशासनले घोडीघोडी प्रयोगमा प्रतिबन्ध लगाएको छ। घोडा प्रयोगमा प्रतिबन्ध लगाएपछि विवाह गर्नेहरुलाई समस्या भएको छ भने घोडा पालेर व्यवसाय गर्दै आएकाहरुले विवाहको मौसममा ठुलो आर्थिक हानी बेहोर्नुपर्ने भएको छ।
प्रशासनले यो प्रतिबन्ध घोडामा ग्लैन्डर्स नामक रोग पाइएपछि लगाएको हो । घोडा प्रयोगबाट यो रोग फैलन सक्ने आशंकाका कारण घोडा प्रयोगमै रोग लगाउनु परेको प्रशासनले जनाएको छ। भोपालको काजी क्याम्प क्षेत्रका रहमान बख्सको घोडामा यो रोग फेला परेको हो । यसपछि सतर्कता अपनाउँदै प्रशासनले घोडा प्रयोगमा रोग लगाएको हो । तर, प्रशासनको यो निर्णय घोडा व्यवसायी र घोडा चढेर विवाह गर्न चाहनेका लागि भने समस्या बनेको छ। उक्त रोग पीडित घोडाको रगतको नमूना हिसारको आइसीएआर–राष्ट्रिय अश्व अनुसन्धान केन्द्र (आइसीएआर–एनआरसीई)मा पठाइएको थियो, जहाँ त्यो पोजिटिभ पाइयो, त्यसपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।
ग्लैन्डर्सलाई एउटा खतरनाक रोग बताइएको छ। यदि यो कुनै घोडामा ट भने आमरुपमा घोडा नै मार्ने गरिन्छ । स्वास्थ्य विभागका अनुसार घोडाको हत्या गरेर नै यो रोगलाई फैलनबाट रोक्न सकिन्छ । यो एक प्रकारको संक्रामक रोग हो र तिब्रताका साथ फैलने गर्दछ । यो रोग लागेपछि घोडाको शरीरमा फोका देखिन थाल्दछ र ज्वरो पनि आउँछ । घोडाले खाना पनि छोडिदन्छ । यो रोगले मानिसमा पनि असर गर्दछ, त्यसैले यसबाट बच्नु नै उत्तम तरिका भएको बताइएको छ।
इटारसीको तिवारी परिवार भोपालमा छोरा शुभम तिवारी विवाहका लागि आएको छ, तर यो आदेशका कारण उनीहरुसँग कुनै विकल्प छैन । अब कारको माध्यमबाट शुभमको जन्ती जानेछन्।
शुभमका काका अनुराग यो आदेशका कारण निकै आक्रोशित छन् । उनले भने–हाम्रो हिन्दू रितिरिवाजमा छोराको विवाह घोडामा निस्कन्छ । अब प्रशासनले यो आदेश दिएको छ कि नगर निगमको सीमाभित्र कुनै पनि प्रकारको घोडा प्रयोगमा प्रतिबन्ध लाग्नेछ, अब हामी जस्ता आम मानिसका लागि केही पनि देखिएको छैन ।
उनी अगाडि भन्छन्–भतिजाको विवाहको प्रतिक्षा मलाई मात्र छैन, परिवारका सबैमा थियो । अब घोडाबिना के जन्ती के विवाह ? गर्नु यो पर्दथ्यो कि प्रशासनले यस्ता घोडालाई अलग गरेर जुन रोगी छ त्यसलाई अलग गर्नुपर्ने थियो ।
यही यो आदेशले घोडा पालन गर्नेहरुलाई पनि समस्यामा पारेको छ। यो विवाहको सिजन हो यदि उनीहरुले घोडा प्रयोग गरेनन् भने आम्दानी कसरी हुनेछ ?
शहरमा नफिस भाई घोडा उपलव्ध गराउने व्यक्ति हुन् । उनीसँग ५ घोडा छन् । तर अब उनले यसपटक ठुलो घाटा सहनुपर्ने भएको छ।
उनले भने–अहिले त नोक्सान देखिँदैछ । आगामी दिनमा हेरौ के हुन्छ । त्यसै पनि हामीले खानपानमा निकै खर्च गर्नु पर्छ ।अब यो पनि नोक्सान नै हुनेछ । हामी यस्तो अवस्थामा केही गर्न पनि सक्दैनौ ।
नगर निगमका पशु चिकित्सक डाक्टर एसके श्रीवास्तवले भने–यो निर्णय सबैको हितलाई ध्यानमा राखेर गरिएको हो ताकि रोग फैलन नसकोस् । यो आदेशमा घोडाको आगमन, दौड, मेलाप्रदर्शनी र भेला हुन पूर्णरुपमा रोग लगाइएको छ।
मे महिनामा विवाहका ५ मुहर्त छ, जबकि जुनमा ५ मूहर्त छ । अब विवाह गर्नेहरुले पनि समस्या सामना गर्नुपर्नेछ । यही केहीका अनुसार यसप्रकारको प्रतिबन्ध लगाउन सहज छैन । आखिर कसरी नगर निगमले यो प्रतिबन्ध कार्यान्वयन गर्नेछ । यदि कुनै बेहुला घोडामा बसेर निस्कियो भने के त्यसलाई प्रशासनले उतार्ने छ ? सामाजिक कार्यकर्ता गड्डु चौहान भन्छन्–बिना कुनै सोचविचार नगरी यो निर्णय गरिएको छ ।आखिर नगर निगमले कसरी यो निर्णय कार्यान्वयन गर्नेछ, त्यो विचार गर्ने कुरा हो ।- बीबीसी हिन्दीबाट

प्रतिक्रियाहरु