बाहुबलीका केहि रोचक तथ्य

२०७४ बैशाख २६ गते, मंगलवार

काठमाडौैंं, २६ बैशाख । ‘बाहुबली २’ले आमिर खानको फिल्म ‘पीके’ र ‘दंगल’ लाई पछार्दै संसारभरबाट हजार करोड कमाइसकेको छ । आमिर खानको फिल्म ‘पीके’ले ७६८ करोड र दंगलले ७१६ करोड कमाएको थियो । निर्देशक एसएस राजामौलीको फिल्म ‘बाहुबली २’ ले भारतको सबै किर्तिमान भंग गरेर अहिले सर्वाधिक कमाइ गर्ने फिल्म बन्न पुगेको छ । रिलिज भएको आठौँ दिनमै यस फिल्मले ९१५ करोडको व्यापार गरिसकेको थियो । भारतमा मात्रै यसले ७३५ करोड कमाउन सफल भएको थियो । हजार करोडको क्लबमा प्रवेश गर्ने यो पहिलो भारतीय फिल्म हो ।
भारतीय सिनेमामा सर्वाधिक सफल फिल्म ‘बाहुबली’ र ‘बाहुबली–२’को सेट, पात्र, हतियार तथा विभिन्न चीजको पछि रोचक प्रसंगहरु छन् । फिल्ममा यी सबै चीजलाई नयाँ तरिकाले प्रयोग गरिएको छ । जान्नुहोस् फिल्मसँग जोडिएका यस्तै केही नसुनिएका १२ कुरा :
१. टिस्यु पेपर’बाट बनेको थियो १००० फीटको झरना – फिल्मको दुवै भागमा देखिएको १००० फीट माथिबाट झरेको झरनाको दृश्य टिस्यू पेपरको मद्दतबाट सुट गरिएको हो । टिस्यु कागजलाई लामो तथा मध्यम आकारमा काटेर झरनाको दृश्यमा पानी जस्तै मेसिनद्धारा तल झारिएको थियो । तर, झरनाको तलको भाग भने साँचो हो । त्यस्तै, बरफको ढिका पनि कागजबाटै बनाइएको थियो ।
२. दरबारमा कुदिएको कला मन्दिरको हो – फिल्मको दोस्रो भागमा देखिएको माहिष्मति राज्यको दरबार कुनै पनि फिल्ममा बनाइएको अहिलेसम्मकै सबैभन्दा अग्लो दरबार हो । यो पेरिसको एफिल टावर बराबरको उचाईको छ । राजस्थानका २ मन्दिरको अध्ययन गरेपछि दरबारको भित्री भगको कला कुदियो । माहिष्मति दरबारको सेट बनाउँनका लागि १९०० व्यक्तिले ९०देखि १०० दिनसम्म लगातार काम गरे ।
३. धान काट्ने मेसिनबाट रथ बनाउँने आइडिया – फिल्मको पहिलो भागमा ‘सिंगल ब्लेड’को रथ देखाइएको थियो । त्यस्तै, दोस्रो पार्टको लागि भने ४ ब्लेडको बनाएका थिए । फिल्म समूहलाई यस्तो विचार किसानले धान काट्न प्रयोग गर्ने मेसिनबाट आएको थियो । उनीहरुले बुलेट किनेर त्यसको इन्जिनलार्य रथमा फिट गरियो, जसलाई बनाउँन एक महिना लागेको थियो ।
४.१५ सय सैनिक थिए, युद्धमा सवा लाख देखिए – पहिलो भागको ‘क्लाइमेक्स’ दृश्यमा माहिष्मतिका २३ हजार सैनिक दुश्मनका १ लाख सैनिकसँग लडिरहेको देखाइएको थियो । तर, एकै समयमा १५००भन्दा बढी सैनिकहरुलाई दृश्यांकन गर्न असम्भव थियो । बाँकीलाई थ्रि–डी प्रविधिबाट देखाएइको थियो ।
५.१०० ट्रक माटो राखेर बाहुबलीलाई मारियो – बाहुबलीलाई मार्ने दृश्यका लागि एक नांगो पहाड दृश्यमा देखाउँनु पर्ने थियो । त्यसका लागि तोकिएको ठाउँमा पानी परेर झार उम्रिएकाले रातारात १०० ट्रक माटो थुपारेर रोड बनाइयो । ६० फिट अग्लो नक्कली पहाड बनाइयो र त्यसमाथिबाट रातो रंग लगाइयो । राजस्थानबाट रुख मगाएर फाइबर ग्लासको मद्दतले ति रुखको नक्कल बनाइयो । बाहुबली मर्ने दृश्यको सेट तयार पार्न ४५ दिन–रात लागेको थियो ।
६.हेलिकप्टरको पखेटा बनाउँन प्रयोग गरिने पदार्थबाट बनाइयो हल्का हतियार – यस फिल्ममा देखिएका साँडे, घोडा, सर्पआदि सबै जनावर र साना–ठूला हतियार हेलिकप्टरको पखेटा बनाउँने कच्चा पदार्थ कार्बन फाइबरबाट बनाइएको हो ।
७.५ बर्षसम्म सुटिङका लागि ३ बजे उठ्नु पर्यो – फिल्मका सबै सदस्य पाँच बर्षसम्म बिहानको ३ बजे उठ्नु पर्थ्यो । बाहुबलीको दुवै पार्टको सुटिङ ६१५ दिन चलेको थियो । ३० स्टुडियोले फिल्ममा भिजुअल इफेक्टमाथि काम गरेका छन् । युक्रेन, सर्बिया, इरान र चीनको स्टुडियोमा यस फिल्मका लागि काम गरियो ।
८. २ मिनेटको दृश्यका लागि लाग्यो १०० दिन – अन्तिम लडाई दृश्यांकन गर्नु सबैभन्दा ठूलो चुनौति थयो । जम्मा २ मिनेटको दृश्यका लागि करिब १०० मिनेट दिन लागेको थियो । त्यसका लागि प्रविधिको राम्रो प्रयोग गरिएको छ । – एजेन्सी
९.बाहुबलीको ९० प्रतिशत दृश्य नक्कली हुन् – दुवै भागको ९० प्रतिशत दृश्य नक्कली हुन् । कटप्पाले बाहुबलीलाई मारेको दृश्य समेत नक्कली थियो । फिल्ममा देखिएको पहाडदेखि जनावर सबै प्रविधिको प्रयोगबाट देखाइएको छ । २० देखि २५ फीटको दुरीबाट लिएको दृश्य मात्रै फिल्मको वास्तविक दृश्य हो ।
१०.४ भागमा बनाइयो भल्लाल देवको ४०० किलोको मूर्ति – माहिष्मति राज्यमा राखिएको भल्लालदेवको मूर्तिको वजन ४ सय किलो थियो । यसलाई ४०० व्यक्तिको समूहले बनाएको थियो । यसलाई ४ अलग–अलग भागमा तयार गरिएको थियो । जसमा करिब एक महिनाको समय लागेको थियो ।
११. बाहुबलीलाई मार्ने सोचिएको थिएन – बाहुबलीको सुरुवाती स्त्रिप्टमा कटप्पाद्धारा बाहुबलीलाई मोर्ने योजना थिएन । तर, जब फिल्मका समूहले ‘ड्रामा’ मिसाउँनुहो् भनेपछि यो दृश्यलाई फिल्मको अन्त्यमा जोडियो । यदि समूहले त्यसो नभएको भए सायद ‘कटप्पाले बाहुबलीलाई किन मार्यो रु’ भन्ने प्रश्न भाइरल हुन्न थियो होला ।

प्रतिक्रियाहरु