बाहिर हस्तक्षेपै घोर अन्यायपूण – डीबी चन्द

२०७२ आश्विन ११ गते, सोमबार

वर्तमान नेपाली राजनीति हाडीमा पूmल उठ्दै गरेको फूलौरा मकैभन्दा भिन्न छैन । जसरी एउटा मकैको गेडालाई आगोमाथि तातो हाँडीमा हालेर छट्पटाइ–छट्पटाई फुल्न बाध्य बनाइन्छ । एकात्मक राना शासनका विरुद्ध नेपाली जनताले करिब ६५ वर्र्ष अघिदेखिन नै संघर्ष र आन्दोलन छेड्दै आएको कुरा स्पस्टै छ । २००७ सालमा बहुदलीय प्रजातान्त्रको स्थापिन भएदेखिन नै जनताक नैसर्गिक मागहरु (जातीय मुद्दा, क्षेत्रीय मुद्दा, लैङ्गकि मुद्दा, उत्पीडित समुदायका मुद्दा जस्ता थुप्रै) सडकमा बुलन्द हुँदै आयकाहुन तर पुरानो सर्बसत्तावाद राजतन्त्र र विदेशी शक्ति (भारतीय कुट्नीति) चलखेलका कारण २०३६ वरपर नेपाली प्रजातान्त्रिक शक्ति कमजोर बन्नपुग्यो र भारतीय ग्र्याण्डडिजाइनमै नेपाली प्रजातान्त्रिक राजनीति घेराबन्धी हुनपुग्यो । नेपाली सार्बभौम सम्पन्न जनताको निकै निर्णायक र चुनौतीपूर्ण संघर्षका बाबजुद २४० वर्ष जरा गाडेर बसेको पुरानो तानाशाही राजतन्त्र २०६३ मा सदाका लागि पदच्यूत भयो र नेपाली इतिहासका अन्तिम राजा नारायणहिटीबाट नागार्जुन बसाइ सरे । तत्कालीन प्रमुख बिद्रोही शक्ति माओवादी र सरकारमा आवद्ध दलहरुको पटक–पटकको बार्ता पछि सफल भएको बार्ताले नेपालमा दीर्घकालीन शान्ति र स्थायित्वको लागि निर्णायक संघर्षको सुरुवात गर्ने भन्दै १९ दिने ऐतिहासिक जनआन्दोलनले बढारिदिएको राजमुकुट अहिले संग्र्रहालयमा सजाइएको छ र राजसंस्थाको अन्त्य जनताले गरिदिए । त्यतिखेरभन्दा अगाडिसम्म राजाले प्रजातान्त्रिक धेरै नेताहरुलाई जेलको ठन्डा सेकाइरहेको थियो । राजसंस्थाको अन्त्यपछि राजनीतिक दलहरुले २०६४ मा
संबिधानसभाको निर्बाचन र जनप्रतिनिधिबाटै अथवा संबिधानसभाबाटै संबिधान बनाउने अठोट गरे र २०४७ को संबिधान संशोधन गरेर अन्तरिम संबिधानको लागू गरियो, जसमा राजाको सम्पूर्ण हकअधिकारको पनि कटौती गरिएको थियो । अनि २०६४ मंसीरमा जननिर्वाचन पनि भयो तत्कालीन बिद्रोही शक्ति माओवादी पहिलो ठूलो दल, दोस्रो काँग्रेस, तेस्रो एमाले, चौथो मधेसकेन्द्रित दल भए र कुनै पनि पार्टीको स्पस्ट बहुमत आएन । जब गणतन्त्र स्थापित भयो जनताका हकहितका मुद्दाहरु स्थापित गर्ने कुरा संबिधानमा उल्लेख गर्नुपर्ने भयो । त्यसपछि बाहिरी शक्ति तथा छिमेकी मुलुक भारतको चासो र चलखेल बढ्न थाल्यो । यता तत्कालिन सत्तापक्ष निरंकुशताको नरसङ्घारबाट मुक्त हुन सकेकीजस्तो देखिएन र कता–कता तानाशाही निरंकुशताको गन्ध फैलिरहेको थियो । यसरी बिदेसी चलखेलको कारण जनताबाट निर्बाचित संविधानसभालाई संविधानबेगर नै निर्लज्ज तरिकाले अबसान गराइयो । यहाँसम्म आउँदा सन् १९५० पछि बिपि कोइराला, मनमोहन, गिरिजा, शेरबहादुर, माधव, बाबुरामसम्मको कार्यकारी हुँदा भारतसँग थुप्रै असमान सम्झौताहरु भएका छन् र थुप्रै नेपाली भूभाग तथा प्राकृतिक स्रोत र सम्पदाको व्यापारसमेत भएको छ अथवा नेपालमा भारतले हस्तक्षेपकारी भूमिकाको प्रभुत्व देखायको छ । त्यसपछि नेपाली इतिहासमै अनौठो घटना सर्बाेच्च अदालतका प्रधानन्यायाधीशलाई देशको कार्यकारी बनाएर दोस्रो संविधानसभाको निर्बाचनको मिति तोकियो अनि नेपाली जनताको रगत र पसिना करको अर्बाैं पैसा पचाए र राजनीतिक पार्टीको अस्तित्वमा ह्रास आयो जो नेपाली जनताको हित र इच्छा बिपरित थियो । त्यसपछि नेपाली राजनीति विश्वसामु उदाङ्गो भएर उभियो र निर्बाचनमा सम्पुर्ण असन्तुष्ट राजनीतिक शक्तिहरुलाई समेट्न सकेनर चुनाबको दैलोमा चुनाब बहिस्कारको सामना गर्नुप¥यो । यसरी गरिएको चुनाबले पहिलो कुरात सम्पूर्ण जनताको हितमा भएन र अर्काे निर्लज्ज तरिकाले बिस्तारवादको गुलामी बन्यो र नेपाली मौलिकता र स्वतन्त्रताको धज्जी उडाए अन्ततः चुनाबको परिणाम सोचेभन्दा ठीक उल्टो र सुनियोजित भयो फलस्वरुप जनबिरोध, दङ्गा, प्रदर्शन, नाराबाजी, बन्दहड्ताल, खबरदारी आदिआदिका बाबजुद २०७२,०६,०३ म पश्चगमन तथा जनबिरोधी संविधान जारी गरियो । यसले नेपाली राजनैतिक परिबर्तन र शान्ति स्थायित्वका लागि हरेक संघर्षमा रगत बगाएका देशभक्त हजारौँ सहिदको भावना समेटिएको छैन, आधा धर्ती आधा आकास ओगटेका महिलाहरुका अधिकार समेटिएको छैन, हेपिएका दलित तथा शोषित पीडित जनजाति आदिबासी, अल्पसंख्यक,
उत्पीडित, मधेसी मुस्लिम, थारु कमैया, हलिया, जातिय, बर्गिय आदि आदिको हकहित र अअधिकार सुनिश्चित भएको छैन ।
यही जनबिरोधी संविधान बिरोधकै क्रममा दसौं नेपाली जनता तथा उच्च ओहोदाका सुरक्षाकर्मीसहित धेरै नेपाल आमाका सन्तानहरुको अमूल्य रगत बगेको छ । कथित नेताहरुकै हठका कारण आज देसले एउटा खोस्टो संविधान त पायो र कतै दिपावली पनि मनाइयो त कतै कालो दिनको घोषना पनि गरियो । तर, यो समस्याको समाधान नभै अझ धेरै समस्याको बिजारोपण भएको छ । यस प्रकारको राजनीतिक गतिरोधले नेपाली इतिहासमा निकट भबिस्यमै द्वन्द्वको सिर्जना हुने कुराको सम्भाबना देखिन्छ उस्तै त दोस्रो संविधानसभा निर्बाचान बहिस्कार गरेको र बिशेषतः नेपाली युबाहरुको आकर्षण र नेपाली राजनीतिको बैकल्पिक रुपमा खडा नेकपा माओवादीले यो संविधानको विरोध गर्दै जनताको जनसंविधान सडकबाट घोषणा गरिसकेको छ । मधेसी राजनीतिक पार्टीहरु कुनै पनि संविधानसभामा सङ्लग्न छैनन् । यसरी तीन दलले जबर्जस्त जारी गरिएको संविधानले नेपालमा शान्ति, स्थायित्वा, एकता, अमनचैन, बिकास र देसले गति पाउला नपाउला त्यो त हेर्न बाँकी नै छ ।
राजनीतिक गतिरोधका कारण आज नेपाल आमा छट्पटाइरहँदा देशमा हत्या हिंसा हुँदा, लुटपाट मच्चिँदा अशान्ति र अराजकताले पर्खाल नाग्दा साच्चिनै भन्ने हो भने आज नेपाल कसैको साथ सहयोग परामर्स, सल्लाह र राजनीतिक समाधानको बाटो खोजिरहेको छ । ‘भाइ फुटे गवार लुटे’ भनेझै बर्तमान परिबेसमा यो उखान नेपाली समाजमा मेलखान पुगेको छ । एकातर्फ लामोस मय गृहयुद्ध, दोन्द, तथा संक्रमणकालमा गुज्रिएको नेपालमा भारतिय हस्तक्षेपको नाङ्गो प्रहार दिनानुदिन बढ्दै आएको छ । कुनै पनि देसमा आन्तरिक झै झगडा, राजनैतिक अस्थिरतामा बाहिरी शक्तिकेन्द्र तथा अन्तर्रास्ट्रिय शक्तिले हस्तक्षेप गर्न खोज्नु निकै नै घोर अन्यायपूर्ण र आपत्तिजनक हुन्छ । फेरि भारत र चिन त नेपालका अत्यन्त घनिष्ट छिमेकी मुलुकहरु हुन अझ भारत खुला सिमानाको कारण नेपालीप्रति बढीनै जिमेवारी हुनुपर्दछ । नेपाली राजनीतिक दलहरुले आन्तरिकरुपमा जे जस्तोसुकै भए पनि संक्रमणकालको बीचबाट संविधान जारी गर्दा किन भारतले नेपाली मौलिक बिधिबिधानमा खुल्लाहस्तक्षेप ? सायद भारतले एउटा कुरा बुझेको छैन होला ती केही राजनीतिक नेताहरु स्वार्थसिद्धको लागि भारतको सरणमा परेर रास्ट्रघाती सम्झौता गरे होलान र रास्ट्रिय सम्पदा बेचे पनि होलान् तर आफ्नै मौलिकतामा रमाउने सार्बभौम सम्पन्न नेपाली जनता देसद्रोही र रास्ट्रघातका अगाडि कहिले पनी झुक्ने छैना । आफ्नै पसिना र पौरखमा बाच्ने नेपाली अरुको गुलामी बन्न चाहँदैन । स्वाधिनता र रास्ट्रियताका लागि पुर्खाहरुले लडेको बिरताको लडाइँ फेरि लड्न मन छैन तर रास्ट्रमा बाहिरी हस्तक्षेप र हेपाहा प्रबृतीप्रति तथा आत्मासम्मानको लागि र नेपाली जनता र नेपाल रास्ट्रका लागि दुश्मनको पैतालामुनी पसेर दुराचार र दुर्बव्यबहार सहन सक्दैनौ डटेर सामना गर्नेछौं ।
विश्वसमुदायमा एक मात्र मुलुक जो आफ्नै रहनसहन, मौलिखता, भाषाभाषी र मुख्यतः १२५ जातजाती र १२३ भाषाभाषी, चार जात छत्तीस बर्णको फुलबारी नेपालको छुट्टै प्रकारको बिसेस्ता छ । नेपालीजनता आफ्नो भाग्य र भबिस्यको गोरेटोको निर्माण आफै गर्न सक्षम छौं तर सकारत्मक सल्लाह सुझाब र प्रतिकृयाको अपेक्षा गर्छाैं । यहाँका प्राकृतिक सम्पदा र स्रोत साधन देखेर सायद भारत लाहित छ र कति त हस्तक्षेप पनि गरेको छ र गर्न खोज्दैछ । कतिपय सामाजिक मिडियाम आएका खबरहरु सुन्दा अचम्म लाग्यो । भारतले अब नेपालमा नाकाबन्दी गर्ने अरे, नुनदेखि सुनसम्म बन्द गर्ने अरे ! अब हामी नेपाली दोलखाको सुनखानी सन्चालन गर्नुप¥यो ! डोल्पाको नुन खानी सन्चालन गर्नुप¥यो ! बहुमुल्य जडिबुटिको प्रसोधन केन्द्र स्थापन गर्नुप¥यो ! स्वदेसमै हलोकोदाली गरेर आफ्नो जिबिकोपार्जन गर्न सक्षेम नेपालीहरु मुख्यतः भारतमा श्रम र पसिना बगाउदै गरेका सम्पुर्ण नेपाली दजुभाइ दिदिबहिनीलाई नेपालमा फिर्ता आउना आह्वान गर्नुप¥यो । अनि भारतसंगको खुला सिमान बन्द गर्नु प¥यो । भारतिय सेनामा कार्यरत नेपाली दाजुभाइलाई नेपाली सिमा सुरक्षामा तैनाथ गर्नुप¥यो अनि फिर्ता मागौ बेचिएको कोशी नदी, कालापानी, नालापानी, सुस्तालगायतको सम्पुर्ण अतिक्रमित नेपाली भुमी । बिस्वको सर्बाेच्च शिखर सगरमाथाको देस, विश्व शान्तिदुत गौतम बुद्धको देस आज घरभित्रकै भाइभाइ झगडा गर्दा छिमेकीले हेप्दैछन् । हाम्रो आफ्नो मकैबारीमा सिमा पारिका बाँदरहरु पस्दैछन् र कमलो मकै नस्ट गर्दैछन् । अब सम्पुर्ण नेपालीहरु एकजुट हौं र बनाउ शान्त र समृद्ध नेपाल ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु