बालुवाटारमा निर्माण व्यवसायीको प्रदर्शन

२०७६ मंसिर १० गते, मंगलवार

काठमाडाैँ, १० मंसिर । नेपाल निर्माण व्यवसायी महाससंघले सरकारले निर्माण व्यवसायीहरुका माग सम्बोधन नगरेको भन्दै आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका छन् । महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा निर्माण व्ययवसायीहरुले धर्ना दिएका हुन् । निर्माण व्यवसायीहरुले संशोधित सार्वजनिक खरिद ऐन नियम परिमार्जन गर्नुपर्ने, ऐन नियम निर्माणमैत्री हुनुपर्ने, विकासमैत्री कानुन बनाउनु पर्ने भन्दै बिरोध गरेका हुन् ।
सरकारले काम गर्ने वातावरण नबनाई दिएको, व्यवसायीको बद्नाम हुने काम भएको भन्दै निर्माण व्यवसायीहरु सरकारबाट रुष्ट बनेका हुन् । ठेकदारको लापरबाहीका कारण सडक निर्माण हुन नसकेको भन्दै सरकारले ठेकेदारप्रति कडा रणनीति अपनाएको छ ।
सरकारले आफ्नो शान्तिपूर्ण धर्नाप्रति बेवस्ता गरे कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार