बालुवाटारमा झडप !

२०७६ श्रावण २८ गते, मंगलवार

काठमाडौं , २८ साउन । लोकसेवा आयोगले निकालेको विज्ञापन संविधानको समावेशी सिद्धान्त विपरीत भएको भन्दै आन्दोलनमा उत्रिएका ‘आरक्षण बचाऊ आन्दोलन’ का प्रदर्शनकारी र प्रहरीबीच बालुवाटारमा झडप भएको छ । झडपमा परी प्रदर्शनकारीहरु घाइते भएका छन् । उनीहरुले वालुवाटार अगाडि सडकमै बसेर प्रदर्शन गरेका थिए । उनीहरुले लोकसेवाको विज्ञापन खारेज गरी नया विज्ञापन गर्न माग गरेका छन्। आन्दोलनमा विभिन्न जातीय संघसंस्थाको साथ रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु