बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

२०७१ कार्तिक २ गते, आईतवार

काठमाडौं, २ कार्तिक । जन्मेका ६ महिनादेखि पाँचवर्षसम्मका झण्डै ३३ लाख ३८ हजार बालबालिकालाई भिटामिन ‘ए’ र तीमध्ये एकवर्षदेखि पाँचवर्षसम्मका २९ लाख २१ हजार बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम सुरु भएको छ । कार्यक्रम आइतबार र सोमबार देशभरी चल्ने बालस्वास्थ्य महाशाखाका निर्देशक डाक्टर श्यामराज उप्रेतीले जानकारी दिए । यी दुइनिद बिहानदेखि बेलुकीसम्म सबै जिल्ला, नगरपालिका तथा गाउँ विकास समितिअन्तर्गतका हरेक वडाका तोकिएका केन्द्रमा स्थानीय महिला स्वास्थ्य स्वयम्सेविकाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने व्यवस्था मिलाइएको उनले बताए । यसका लागि झण्डै ५३ हजार महिला स्वयंसेविका खटिएका छन् ।
आइतबार औषधि खान छुटेका बालबालिकालाई सोमबार खुवाइने छ । आफूलाई पायक पर्ने ठाउँमा गई वा घरघरमा आएका स्वयम्सेविकामार्फत ती उमेर समूह आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन सरकारले आह्वान गरेको छ ।

प्रतिक्रियाहरु