बालबालिकालाई भिटामिन ए खुवाईदै

२०७४ बैशाख ६ गते, बुधबार

काठमाडौं, ६ बैशाख । ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ए खुवाईदै छ । भिटामिन ए खुवाउन स्वास्थ्य केन्द्र र पायक पर्ने वडाहरुमा केन्द्र तोकिएको छ । अहिले टाइप २ पालियो भ्याक्सिन हटाएर टाइप १ र टाइप ३ को भाइभ्यालेण्ट पोलियो खोप खुवाइने छ ।
सन् १९८८ देखि विश्वमा पोलियो उन्मूलन कार्यक्रमअन्तर्गत नेपाललगायत विश्वका १ सय ५५ देशले पोलियो खोप दिंदै आएकामा अहिले ५१ देशमा निरन्तर रहेको छ । नेपालमा सन् २०१० यता कसैलाई पोलियो नदेखिए पनि नेपाल अझै न्यून जोखिमयुक्त मुलुकअन्तर्गत रहेकाले जनघनत्व बढि भएको क्षेत्रमा पोलियो खुवाउने गरिएको हो । पोलियो रोग देखिएको देशहरुमा वर्षको चार पटक, संक्रमण हुन सक्ने देशहरुमा ३ पटक, जोखिमयुक्त देशहरुमा दुई पटक र अति न्यून जोखिमयुक्त देशमा एक पटक पोलियो खुवाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।

प्रतिक्रियाहरु