बालक बलि दिनेलाई तत्काल कारबाही गर्न माग

२०७२ श्रावण ११ गते, सोमबार

काठमाडौं,११ साउन । व्यवस्थापिका संसदमा बजेटमाथि छलफल नभएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । सोमबार बसेको संसद बैठकमा एकीकृत माओवादीका सांसद रामनारायाण विडारीले संसदमा विनियोजन विधेयकमाथि छलफल नगरेको भन्दै आपत्ति जनाए ।
यसैगरी, संसद बैठकको सुरुमै सांसद देवकरणप्रसाद कलवारले नवलपरासीमा बालक बलि दिनेहरुलाई तत्काल कारबाही गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । यस्तै, सांसद आनन्द पोखरेलले विभिन्न जिल्लाहरुले परिषद्बाट ४०४० ओटा योजना पठाउँदा पनि योजना आयोगका उपाध्यक्षले एउटा पनि योजना नपारेको भन्दै आपत्ति जनाए । सोमबारको बैठकमा महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिका सभापति रञ्जकुमारी झाले ‘बोक्सीसम्बन्धी (कसुर र सजाय) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७२’ संसदमा पेश गरेकी थिइन् ।
यसअघि, संसदमा दफावार छलफल भएर समितिले पुनः परिमार्जनसहित विधेयकसम्बन्धी प्रतिवेदन पेश गरेको हो । संसद बैठक मंगलबार दिउँसो पनि बस्नेछ । यसैबीच, संविधानसभाको बैठक पनि मंगलबार अपरान्ह ५ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार