बारामा जनसरकार

२०७४ चैत्र २ गते, शुक्रबार

काठमाडौँ, २ चैत । नेपाल कम्युनिस्ट पार्टीले बारामा जनसरकार गठन गरेको छ । २१ सदस्यीय जनसरकारले दलाल र भ्रष्टचारीका विरुद्ध आक्रामक कार्वाही गर्ने बताएको छ । नेकपाका नारायणी ब्युरो इन्चार्ज मिलनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जन प्रतिनिधीसभा बाराको प्रथम जिल्ला अधिवेशनले अर्जुन सापकोटालाई सभाध्यक्षमा निर्वाचित गर्नुका साथै २१ सदस्यीय जिल्ला जनप्रतिनिधी सभा गठन गरिएको छ ।
शान्ति, समृद्धि, स्वाधीनता र समानताका लागि वैज्ञानिक समाजवाद ! मुुल नाराका साथ भोजपुरा स्वायत्त प्रदेश अन्तर्गत बारा जिल्लाको जनप्रतिनिधिसभाको प्रथम जिल्ला अधिवेशन बिहीबार जनप्रतिनिधीसभाको प्रथम बैठकले रामेश चौधरीलाई जिल्ला जनपरिसद (जनसत्ता) प्रमुखमा निर्वाचित गरेको छ । प्रथम जिल्ला अधिवेशनको उद्धघाटन गर्दै प्रमुख अतिथि मिलनले दलाल तथा सामाजिक दलाल पुँजीवादी तत्वले संचालन गरेका वर्तमान दलाल संसदवादी सत्ताले राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, तस्करी, घुसखोर र विचौलिया प्रवृतिका विरद्ध नयाँ जनसत्ताले अाक्रामक कार्वाही अगाडि बढाउनु पर्नेमा जाेड दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु