बाबुराम पुस्तकमा मस्त , नारायणकाजी उपदेशमा व्यस्त

२०७४ मंसिर २८ गते, बिहीबार

काठमाडौं, २८ मंसिर । नया शक्ति पार्टीका सयोजक डा बाबुराम भट्टराई आफूले काग्रेससगँको गठबन्धनबाट गोरखा २ मा चुनाव जीते पनि उनको दलको हैसियत राष्ट्रिय नहुने लगभग तय भएको छ । अतः सदनमा स्वतन्त्र सासद जस्तो प्रतिनिधित्व हुने करीब निश्चित देखिएको छ ।
८० लाख मत गनि सक्दा पनि बाबुरामको पार्टीले एक लाख कटाउन सकेको छैन । जब कि अहिलेको हिशाब अनुसार थ्रेस होल्ड कटाउन कम्तीमा तीन लाख ८ हजार जति मत ल्याउनु पर्ने हुन्छ । यो बिबेकशील साझा पार्टी र राप्रपा भन्दा पनि पछि परे पछि डा. भट्टराई चुनावी नतिजा तर्फ चासो नदिई अध्ययन र आफ्नै गोरखामा पारीवारीक घुमफिरमा रमाएका छन् । उनले सुन्दर वर पिपलको चौतारीमा बसेर स्टेफेन आर कोभेको पुस्तक Stephen R Covey को The 7 Habits of Highly Effective People ( 25th Anniversary Edition ) दोहोर्याएर अध्ययन गरीरहेको भनेर आज सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । हिजो मात्रै उनले श्रीमति हिसिला यमि, छोरी मानुसी सहित पारीवारीक सदस्यहरुसगँ शान्त क्षण भनेर पोष्ट गरेका थिए । नया शक्ति का एक नेता ले परिणाम पार्टी ले सोचे जस्तो नआएको स्वीकार गर्दै बाबुराम को घुमफिर चुनाबी परिणामले निरास भएर नभई व्यक्तिगत हिसाबले भएको बताए ।
उता नया शक्ति पार्टीका सयोजक डा बाबुराम भट्टराईसंग चुनाब हारेका नारायणकाजी श्रेष्ठले पछिल्लो समय एकाएक एमाले अध्यक्ष ओलीका अभिव्यक्ति र एमाले नेताहरुले सरकार र पार्टी एकता र नेतृत्वबारे दिएका अभिव्यक्ति पछि आशका र टिप्पणीहरु शुरु गरेपछि कार्यकर्ताहरुलाई त्यसो नगर्न सामाजिक सञ्जालबाट आग्रह गरेका छन् । उनले दुवै पार्टी कार्यकर्ताहरुलाई धैर्यता कायम राख्न र पार्टी एकता वा गठबन्धनको भविष्यसगँ जोडिने गरी कुनै आरोप प्रत्यारोप नगर्न अपील गरेका छन् ।
चुनाव लगत्तै पार्टी एकता गर्ने या सरकार पछि र एकता पछि पार्टीको कार्यकारी नेतृत्व कसले लिने भन्ने जस्ता विषयमा सहमति हुन नसक्दा एकताबारे टुगो लाग्न नसकेका बेला एकाएक नेता कार्यकर्ताहरुबीच सामाजिक सञ्जालमा जुहारी मात्र चलेको छैन ।

प्रतिक्रियाहरु