बाबुको रिसमा छोराले घरमै आगो लगाए

२०७४ मंसिर २० गते, बुधबार

काठमाडौं, २० मंसिर । मोरङको बेलबारी नगरपालिका–८ मा मंगलबार दिउँसो बाबु छोराबीच झगडा हुँदा छोराले घरमा आगो लगाएका छन् । बेलबारी नगरपालिका–११ बस्ने केवालाल राजबंशी र निजको छोरा ३४ बर्षिय कुमार राजबंशीबीच घरायसी झगडा हुँदा छोराले लाईटर बाली घरमा आगो लगाएका थिए ।
आगो सल्किएर राजबंशीको दुई तले काठको घरको आधाभाग जलेर नष्ट हुँदा ६ लाख बराबरको क्षति भएको पीडितले बताए । आगो निभाउने क्रममा आगोले पोलेर ६५ बर्षीय केवालाल र सोही ठाउँका २३ बर्षीय लक्ष्मण ढुंगानाको शरीरको विभिन्न भाग जलेर घाईते भएका छन् । आगोले पोलेर घाईते राजबंशीलाई उपचारकालागि धरान घोपा पठाईएको छ भने ढुंगानाको नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचार भईरहेको छ । घरमा आगो लगाउने कुमार राजबंशीलाई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखि थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार