बाढी र पहिरो तथा डुवानका कारण ६५ जनाको मृत्यु

२०७६ असार ३० गते, सोमबार

काठमाडौं, ३० असार । प्रहरी प्रधान कार्यालयले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार बाढी र पहिरो तथा डुवानका कारण अहिलेसम्म ४१ जना पुरुष र २४ जना महिलाको मृत्यु भएकोछ । बाढी र पहिरोमा ३० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १८ पुरुष र १२ जना महिला छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरीले बाढी र पहिरोबाट ३८ जना घाइते भएको जनाएको छ । घाइते हुनेमा २१ पुरुष र १७ महिला छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अहिलेसम्म १ हजार ४ सय ४६ जनाको उद्धार गरिएको जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार