बाटो र बाङ्गा गोरेटाहरू –वैरागी जेठा

२०७० चैत्र २८ गते, शुक्रबार


मुढेको चिसोहावा पिउँदै
घुट घुट
बाटो रबाङ्गा गोरेटाहरूमा
म गुडिरहेछु
लाली गुँरास तपतप झार्छ आँसु
चिमाल शिर झुकाउँछ
साहित्यिक उत्सर्जनमा
म र मेरा सहयात्रिहरू
अँधेरी जङ्गलहरूमा
जोखिम समाएर
पानी अमलाझैँ हाँसेर
बाटो र बाङ्गा गोरेटाहरू ओर्लिरहेछौँ
मिलनसार गुरुजी
हामीलाई लिएर अघिबढिरहन्छन्
पाखरका पाखरहरूमा
विचारहरू गुँरासहरूझैँ उम्रिन्छन्
फैलिन्छन् पानी अमलाझैँ
मेरो आग्रह छ
मेरा सहयात्रीहरूलाई
हाम्रो इतिहासझैँ बाँचिरहने छ
यात्रीहरू
धुलोझैँ धुलो भएर हाँसिरहेका थिए
गिजाइरहेका थिए
मृदभाषी यात्रामा
घरहरू थिएनन् थिए घरहरू
आफ्नै किसिमका
विधीहरू खरका ढाडीझैँ छरिएको छ
शहरको ढाँडहरूमा
मनोमालिन्य उग्रबन्छ
म तामाकोसीझैँ बूँद बगाएर
बाटो बाङ्गा गोरेटाहरू झरिरहेछु
वसन्तको ठण्डीले
आफूलाई सेकेर
पेट माड्छु
बूढा पहाडहरू
बूढी शैलुङहरू
निराशको आँधी उठाइरहेथे
म परिवर्तनकामी
शासकहरूको अधोगतीले
निमोठीएको मेरो देश
ऋणले अठ्याइएको मेरो घर
मुढेको गर्भमा नाचेर
विचारको हुर्हुरी बहन्छ
मृगझै तल तल दगुर्दै
नाडी हल्लिन्छ हल्लाउँछ
काला डरलाग्दा भिरहरूमा
मुटु बजाउँछु
आकृति प्रकृति मुरली
वङ्गराहरू टोकी टोकी

बाटो र बाङ्गा गोरेटाहरू झरिरहेछु
आकाशबाट जुन अस्ताइसक्छ
तिन ताराहरू आफ्नै शैलीमा बोलीरहेथे
मुढेको हावा
जर्जर भएर चम्किरहेथ्यो
पापी मानिसहरू
यमराजझैँ क्रोधित भइरहेकाथिए
बूढी शैलुङका सल्लाहरू
सबैतिर चिच्याइरहेका थिए
मुख जोरेर
तलतल झरिरहेँ यात्रामा
स्याँठ आइसक्रिम रोपिहेथ्यो
धेरै बाक्ला घुम्तीहरूमा
पानी अमला
जीवन वैभव त्याग भनिरहेथ्यो
धेरै बाकला घुम्तिहरूमा
पानी अमला
जीवन वैभव त्याग भनिरहयो थ्यो
बूढो पहाडमा
मुढेको बाघमाथि निरन्तर चुमेर
बुढी शैलुङका पार्थिवतनहरूमा
मुइ खाँदै
बाटो बाङ्गा गोरेटाहरू झरिरहेछौँ
सुनकोसी
वेला वेलामा चिच्याउँथी
मनहरू चट्टानहरूझैँ टुक्रिन्छ
तुहिनेश लिएर
वैचारकि विचारहरू कम्पदिएर टङ्कन गर्थे
हरेक बुट्यानहरू
मृत्युको बङ्गराहरू
धेरै घुम्तिहरूमा तेर्सिएका थिए
जितको शीत पिएर
विचारको वाफ भएर उडिरहेथ्यो
बाटो र बाङ्गा गोरेटाहरू
मलाई किचीरहेथे
बुढी शैलुङका पत्थरहरू
वैँशले उन्मान्त भएको म युवकमा
छेकिरहन्छ बुढा पहाडहरू
सल्लाहरू रुन्छन्
घनश्याम च्यापियो भनेर
ऊ वैसम्म नराखी
आफ्नो यात्रामा हिाडरिहेछ
उष्ण माधुरीहरू ,तवला बजाइरहेथे
सिन्धुका चौतारीहरूमा
मुढेको चिसो स्याँठ
चिसो यात्रा गराइरहेथ्यो

वेला वेलामा
घनश्यामझैँ जाड्य
जङ्गलहरू डस्न झर्ने गर्थे
लालीगुँरासका केशहरू
चिमालझैँ चाउरी परेकी सुन्दर वनहरू
मसँग भालाकुसारी गरिरहेथे
मलाई वैँशको कुरा गर्ने फुर्सत हुन्न
बुढी शैलुङ झम्टिरहीथी
पानी अमलाका जटाजुटहरू
वरीपरी फैलिरहेका थिए
तपस्याझैँ यात्रा हिँडीरहेथे
मानिसहरू हावाझैँ दुषित थिए
म चेख बन्दै
मौन चुपचाप थिउ
चाँदीझैँ टल्किएका खेम
मलाई सचेत गराइरहेथे
हिमालझैँ मुस्स हाँसिदिन्थे
एक्काइस किलो बाट दक्षिण तिर
बाटो रबाङगा टिङ्गा गोरेटा झरिरहेँ
दोलालघाटमा आगोझैँ सूर्य सल्किँदा
भालेहरू बास्न सुरुगर्दै थिए
च्याङग्रेवासमा

प्रतिक्रियाहरु