बाग्मती ढलमुक्त हुदै

२०७३ श्रावण ७ गते, शुक्रबार

काठमाडौं, ७ साउन । एक वर्षभित्र बाग्मती नदी ढलमुक्त हुने भएको छ।। नदीका दुवै किनारमा ढल सञ्चालन गरिएपछि अब नदीको पानी प्रदुषण हुनबाट रोकिने भएको छ । गोकर्णदेखि बल्खु पुलसम्म ढल सञ्चालनमा आएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। बल्खु पुलदेखि सुन्दरीघाटसम्मको क्षेत्रमा आगामी एक वर्षमा ढल राख्ने काम सम्पन्न गरिने भएको छ ।
बाग्मती ढल सुधार आयोजनाका उपप्रमुख योगेन्द्र चित्राकारले भने,‘बल्खु पुलदेखि सुन्दरीघाटसम्म हामीले आउने सालको साउनसम्मका सक्छौं, त्यसपछि बाग्मती पूर्ण रुपमा ढलमुक्त हुनेछ।’नदीका दुवै किनारामा हालसम्म ४० किलोमिटर ढल विछ्याइएको छ । बौद्ध, जोरपाटी हुँदै पशुपति क्षेत्रसम्म बाग्मती ढलमुक्त छ ।

प्रतिक्रियाहरु