बागमती किनारमा बगैंचा बनाइदै

२०७१ बैशाख ६ गते, शनिबार


काठमाडौं,६ बैशाख । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत आयोजनाको स्वीकृतिमा बागमती नदीको दायाँबायाँ २२ वटा बगैंचा निर्माण हुने भएका छन् ।राष्ट्रिय वाणिज्य बैंक, नेपाल नागरिक उड्डयन प्राधिकरण, सशस्त्र प्रहरी, नेपाल प्रहरी सामुदायिक सेवा र विज्ञानप्रविधि तथा वातावरण मन्त्रालयको विभागले बगैंचा बनाउने बताइएको छ । यसैगरी निजी क्षेत्रबाट गैरआवासीय नेपाली संघ, नेपाल विज्ञापन संघ, प्याब्सन, निजामती कर्मचारी श्रीमती संघ, नेपाल सेाका गाक्काई इन्टरनेसनल, जीवन विज्ञान, नेसनल भोलेन्टियर एसोसिएसन, सांगि्रला टुर्स एन्ड होटल ट्रेनिङ सेन्टर, भीएस निकेतनलगायतले बंगैंचा बनाउने भएका हुन् ।आयोजनाका वृक्षारोपणविज्ञ रामदयाल यादबले हालसम्म बगैंचा बनाउन पाँचवटा सरकारी र १० वटा गैरसरकारी क्षेत्रका संघसंस्थाले अनुमति पाएको जानकारी दिए । उनले भने, ‘आधा दर्जनजतिले काम थालिसकेका छन्, बाँकीले एक साताभित्रै थाल्दैछन् । यीबाहेकका नौवटा संस्था प्रक्रियामा छन् । अन्य सातवटाले पनि रुचि देखाएका छन् ।’ अहिलेसम्मको तथ्यांकअनुसार सबैभन्दा ठूलो बग्रैचा गैरआवासीय नेपाली संघले बनाउने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार