बागबानी बिकास अधिकृतलाई कालोमोसो !

२०७५ श्रावण २ गते, बुधबार

काठमाडौँ, २ साउन । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद्ले डोटीले बागबानी बिकास अधिकृत कृष्णदत्त पाण्डेलाई कालोमोसो दलेको छ । शिखर नगर पालिका कृषि इकाई कार्यालयका अधिकृत पाण्डेले चरम आर्थिक अनियमितता गरेकोले कालोमोसो दलेको बताइएको छ । पाण्डेले विकासे बजेटमा कमिसन खाने, भ्रष्टाचार गर्ने र सेवाग्राहीलाई सेवा नदिएको भन्दै कालोमोसो दलिएको हो ।
जनपरिषद्ले छोडेको पर्चामा मिक्स बिउ तरकारी ७५ हजारमा खरिद गरेको तर तीन लाखको भरपाई बनाइएको, भटमास र युरिया १ लाख बराबरको ल्याएको तर कृषकहरुलाई बितरण नगरेको, किसानलाई अनुदानमा दिनुपर्ने बिउ बिजन पनि आधा बितरण गरेको, एक करोड २० लाख रकममा ३५ लाख मात्रै काम गरेको र अरु हिनामिना गरेको बताइएको छ ।
बागबानी बिकास अधिकृत कृष्णदत्त पाण्डेमाथि लगाइएको आरोपहरु –

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु