बाकेमा जनसरकार

२०७४ चैत्र ३ गते, शनिबार

काठमाडौँ, ३ चैत । नेपाल कम्युनिस्ट पार्टीले बाकेमा जनसरकार गठन गरेको छ । केन्द्रीय जनप्रतिनिधि सभा अध्यक्ष उमा भुजेलको प्रमुख आतिथ्यमा बाके जिल्ला जनप्रतिनिधि सभाको प्रथम अधिवेशन सम्पन्न भएको हो । विशेष अतिथि नेकपा पिबिएम निर्माण , अतिथिहरु भेरी ब्यूरो इन्चार्ज विश्व, बाके जिल्ला इन्चार्ज /सेक्रेटरी अर्जुन,सेती ब्यूरो सदस्य भगत सिंह लगायतको उपस्तिथिमा सप्पन्न सो अधिवेशनले कृष्ण शाह अध्यक्ष र बसन्त बिक उपाध्यक्ष रहेको जिल्ला जनप्रतिनिधि सभा गठन गरेको छ । त्यस लगत्तै बसेको जिल्ला जनप्रतिनिधि सभाको पहिलो बैठकले देव रोकाय प्रमुख र चुन्नु खान उपप्रमुख रहेको १५ सदस्यीय जिल्ला जनपरिषद चयन गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु