बाँकेका विभिन्न गाउँ डुवानमा

२०७६ असार ९ गते, सोमबार

काठमाडौं, ९ असार । शनिबारदेखि परेको भीषण वर्षाले बाँकेको नरैनापुरका चार वडाका साथै नेपालगन्ज उपमहानगरपालिकाका केही क्षेत्रमा डुबानमा परेका छन् । जल तथा मौसम विज्ञान विभागको राँझास्थित हावापानी फिल्ड कार्यालयका निमित्त प्रमुख पलबहादुर बिकले बाँकेमा लगातार ११ घण्टासम्म १ सय ६० मिलिलिटर वर्षा भएको जानकारी दिए ।
भारतले निर्माण गरेको लक्ष्मणपुर बाँध र बाँध जस्तै अग्लो संरचनाको सडकका कारण पानीको निकास नभएपछि नरैनापुर गाउँपालिकाका १ को बनियाँगाउँ, २ को रोशनपुर, ३ को बालापुर र ४ को घोडदौडिया क्षेत्रका केही घर डुबानमा परेको गाउँपालिकाका प्रमुख प्रशासनकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । यहाँका अधिकांश घरभित्र पानी पसेको छ । बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले डुबान क्षेत्रमा भएको क्षतिको विवरण संकलन भइरहेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार