बहुमूल्य बस्तु भन्दै कागजको बन्डल बेच्ने प्रहरीको फन्दामा

२०७१ चैत्र १३ गते, शुक्रबार

काठमाडौँ ,१३ चैत । बहुमुल्य बस्तु भन्दै रुमालमा पोको पारेको कागजको बण्डललाई बेचेर ठगि गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बज्रवाराही ३ की २५ वर्षकी रुपा के.सी भन्ने रुपा बिडारी र धादिङ थाक्रे ८ का २४ को सुरेश भुजेललाई प्रहरीले पक्राउ गरेको हो । रुपा र सुरेशसहितको समूहले खासामा लेवर काम गर्दा बहुमुल्य सामान फेला पारेको भन्दै धादिङ्ग घर भई कालिमाटी बस्ने निराजन भुजेललाई २ लाखमा बेचेका थिए । तर भुजेलले खोलेर हेर्दा रुमाल भित्र कागजको बन्डल मात्र भेटिएको र आफू गठिएको भन्दै उनले महानगरीय अपराध महाशाखामा उजुरी गरेका थिए । उजुरी गरेपछि प्रहरीले रुपा र सुरेशलाई सानोठिमीबाट पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार