बहुभाषिक कविगोष्ठी सम्पन्न

२०७१ जेष्ठ २६ गते, सोमबार


काठमाडौ । आरम्भले आफ्नो ४६औ शृङखला कार्यक्रम अन्तरगत बहुभाषिक कावि गोष्ठी भव्यरुपमा सम्पन्न गरेकोछ । नेपाली साहित्य वाङमयका वरिष्ठ साहित्यकार गोपाल पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ललिता दोषी, उदयचन्द्र दास, , इश्वरी कार्की बर्षानरनारायण शर्मा,सुशीला खडका हसिना , राजेश चोच्छे, वामदेब शर्मा,प्रवीण भन्डारी, ऋचा ,पूण्य आचार्य, मेदिनीकुमार केवल , प्रेम ओली ,जयन्ता पोखरेल, निर्मल रिमाल, प्रभाकर पाण्डे,जनार्दन अधिकारी, बिजय विश्वास ,दिनेश लुइटेल, लक्ष्मी ऐडी, प्रीति कौर, स्मिता श्रेष्ठ, केसबराज जोशी, भिजन गुरागाइ , लक्ष्मी श्रेष्ठ, राजन न्यौपाने , लगायतका तीन दर्जन कविहरुले नेपाली, अवधी, हिन्दी ,हुम्ली र अंग्रेजी भाषामा कविता, गीत, गजल र मुक्तक सुनाएका थिए । समालोचक कालीप्रसाद पोखरेलले वाचन गरिएका कविताहरुको समीक्षात्मक टिप्पणी गरेका थिए । आरम्भका अध्यक्ष प्रेम ओली धन्यवाद ज्ञापन गरेका थिए भने प्रमुख अतिथि गोपाल पराजुलीले मन्तव्य सहित आपनो कविता समेत वाचन गरेका थिए ।

प्रतिक्रियाहरु