बस दुर्घटना, ३ जनाको मृत्यु

२०७१ भाद्र १४ गते, शनिबार


काठमाडौँ । आरुघाटबाट गोरखाबजार आउँदै गरेको ना ४ ख १३९५ नम्बरको बस दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।बस बगुवा गाविस ३ खान्चोक नजिकै सडकबाट तल खसेर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको हो ।ज्यान गुमाउनेमा एक जना बालक र अरु २ जना २२-२५ वर्षका महिला छन् । उनीहरुको परिचय खुलेको छैन ।
घटनास्थलमा रहेका सामाजिक कार्यकर्ता नवराज पोखरेलका अनुसार बसमा ४० जना भन्दा धेरै यात्री थिए । जसमध्येका १५ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ ।पोखरेलका अनुसार बस खसेपछि चालक भागेका छन् । स्थानीयबासिन्दा र प्रहरीले उद्धार गरी घाइतेलाई उपचारका लागि गोरखा सदरमुकाम ल्याइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु