बस ठोक्किदा पाँच जनाको मृत्यु

२०७१ आश्विन १३ गते, सोमबार


काठमाडौं , १३ असोज । काठमाडौंबाट कांकड्भिट्टा जाँदै गरेको ना ५ ख ४३८४ नम्बरको बस र म्याग्दीको बेनीबाट काठमाडौं आउँदै गरेको ना ३ ख ७६३३ नम्बरको बस धादिङको भुमेस्थान गाविसको सिम्ले बजार नजिकै ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।मृतकको सनाखत हुन सकेको छैन । काँकडभिट्टातर्फ जाँदै गरेको बसमा रहेका नाम नखुलेका आमा–छोरीको मृत्यु भएको छ भने बेनीबाट आउँदै गरेको बसको तीन जना परेको हो । दुर्घटनामा केही घाइते भएका छन् । प्रहरीले उद्धार जारी राखेको छ भने राजमार्ग अवरुद्ध बनेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु