अखिल क्रान्तिकारीद्वारा सहिदको बाटोमा बलिदानी दिने प्रतिबद्धता

२०७६ श्रावण २४ गते, शुक्रबार

काठमाडाैं , २४ साउन । अखिल क्रान्तिकारीले महान् सहिदहरुले देखाएको बाटोमा बलिदानी दिने प्रतिबद्धता गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले सेती–महाकाली क्षेत्रीय समन्वय समितिले नेपालका लाखौं विद्यार्थीहरुको हकहितकालागि महान् सहिदहरुले देखाएको बाटोमा बलिदानी दिने प्रतिबद्धता व्यक्त गर्दै दलाल फासिवादी केपी–बादल कम्पनीद्वारा विद्यार्थी सङ्गठनका नेताकार्यकर्ताहरुमाथि प्रतिबन्धित व्यबहार, दमन, धरपकड, अपहरण गरेर बन्धक बनाउने कार्यको व्यापक भण्डाफोर गर्दै संघर्ष संचालन गर्ने जनाएको छ ।
यस बिषयमा सेती–महाकाली क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहले शुक्रबार जारी गरेको विज्ञप्ति यस्तो छ –
“हाम्रो महान तथा गौरवशाली सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी ) नेपालको आमूल शैक्षिक परिवर्तन र वैज्ञानिक समाजवादी शिक्षाका लागि निरन्तर संघर्षरत रहेको छ ।
हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) सेतिमहाकाली क्षेत्रीय समन्वय समितिको हालसालै सम्पन्न बैठकले लिएका केही महत्त्वपूर्ण निर्णयहरु संबंधित निकायको ध्यानाकर्षण र सचेतनाका लागि साथै सेतिमहाकालीको विद्यार्थी आन्दोलन लाई नयाँ उचाई प्रदान गर्न लिईएका महत्त्वपूर्ण निर्णयहरु सम्प्रेषणका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
1) कम्युनिस्ट विद्यार्थी अभियान-०२, ०९वटै जिल्लाहरूमा असोज मसान्तसम्म संचालन गरिनेछ । जसमा नेपाल का नक्कली कम्युनिस्टहरु र तिनका विद्यार्थी सङ्गठनहरुको भन्डाफोर गर्दै सङ्गठन लाई सुदृढ र विस्तार गरिनेछ ।
2) संयुक्त विद्यार्थी आन्दोलनको निर्माणका लागि अन्य विद्यार्थी सङ्गठनका साथिहरु लाई
सहकार्यका लागि आह्वान गर्दछौ ।
3) सु.प. विश्वविद्यालयमा भैरहेको अनियमितता , राजनैतिक भागबन्डा र त्यहाँ भएका शैक्षिक समस्याहरुका लागि संघर्ष गरिनेछ र साथै कैलाली बहुमुखी क्याम्पस लाई विश्वविद्यालयमा समायोजनका लागि संघर्ष गरिनेछ ।
4) शैक्षिक माफियाहरुको नामावली सार्वजनिक गरि आवश्यक कार्वाही गरिनेछ ।
5) निजि शैक्षिक संस्थाको मनपरी शुल्क असुली , सरकारी विद्यालयमा असुल भैरहेको शुल्क , सिटिईभिटीका शैक्षिक संस्थाहरुमा नियम विपरीत लिईने शुल्कका विरुद्धमा संघर्ष र कार्वाही गरिनेछ ।
6) सरकारी विद्यालयहरुमा चलिरहेका प्राविधिक कार्यक्रमहरुमा लिईदै आएको चर्को शुल्कका साथै प्र.अ. र व्यवस्थापन अध्यक्षहरुले गरिरहेका भ्रष्टाचारका विरुद्धमा निर्मम संघर्ष गरिनेछ ।
7) सेती प्राविधिक शिक्षालय दिपायलमा भएका विकृति र विसङ्गतीका विरुद्धमा संघर्ष गरिनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु