बलात्कारको जरो – बलराम तिमल्सिना

२०७५ भाद्र १६ गते, शनिबार

देशमा दिनदिनै बलात्कारका घटनाहरू घटिरहेका छन् र बलात्कारका विरुद्ध आवाज पनि उठिरहेको छ र जति आवाज उठे पनि बलात्कारका घटनामा कमी आएको छैन बरु झन्–झन् बढिरहेको छ र बलात्कारीलार्ई कारवाही गर्ने कडा कानुनको माग भैरहेको छ र आजीवन जेलदेखि मृत्यु दण्डसम्मका मागहरू उठेका छन् । बलात्कार एउटा निकृष्ट अपराध भएकोले बलात्कारीलार्ई कडा सजायको माग हुनु नराम्रो कुरा होइन बरु ठिक कुरा हो र मृत्यु दण्ड या आजीवन जेल कुन खाले सजाय गर्ने भन्ने कुरा अलग हो र यो लेखको आशय अपराधीलार्ई के सजाय हुनु पर्छ भन्ने होइन बरु बलात्कारी जन्मने श्रोत के हो भनेर छलफल गर्नु हो ।
कहाँबाट आउछन् वलात्कारी ? कहिलेकाहीं मनमा यस्तो पनि प्रश्न उठ्ने गर्छ – यी वलात्कारीहरू आखिर कहाँबाट आउँछन् होला र यिनलार्ई कसले जन्माउँछ होला ? के वलात्कारी कुनै अर्को देशबाट लुकिछिपी आएका अपराधीहरू हुन त ? पक्कै होइनन् र अनि के वलात्कारीहरू जन्माउने बाउ–आमा वेग्लै जैविक गुण भएका प्राणी हुन त ? त्यो पनि होइनन् र के वलात्कारीका केही असमान्य शारीरिक विशेषता हुन्छन् त ? अहँ हुदैनन् र त्यसो भए यही समाजमा जन्मेका र बाल्यकालमा खास वेग्लै लक्षण नभएका र हेर्दा सामान्य लाग्ने मानिस कसरी वलात्कारीमा फेरिन्छन त ? कस्तो माया लाग्दो वालक ठूलो भएपछि कसरी अमानवीय अपराधि बन्छ होला ?
त्यसो त जन्मने समयमा या सानो उमेरमा कोही पनि चोर, डाका, गुण्डा, हत्यारा, वलात्कारी, घुसखोरी, केही पनि हुँदैन र बच्चामा सवै निस्छल हुन्छन् र हुर्कदै बढ्दै जाँदा समाजबाट मानिसले यी सवै कुरा सिक्छ र यही समाजमा जन्मेर यही समाजको लागि अभिसाप बन्ने काम पनि हुन्छ र त्यसो भए मान्छेलार्ई साधु या चोर बनाउने यही समाज हो र सदाचारी या व्यभिचारी बनाउने पनि यही समाज हो र मानिस बाँचेको समाज कस्तो छ, त्यो समाजको आर्थिक जीवन कस्तो छ अनि त्यो समाजले मान्ने धर्म, संस्कृति, परम्परा, मूल्य, मान्यता, स्वामित्वको चरित्र कस्तो छ भन्ने कुराले त्यो समाजले कस्ता मान्छे उत्पादन गर्छ भन्ने थाहा पाउन सकिन्छ ।
छलफलको क्रममा देबीदेवता धर्म परम्पराबाटै कुरा सुरु गरेर अघि बढ्ने अनुमति चाहन्छु र मेरो आशय आस्तिकहरु तथा धार्मिक मानिसहरूको आस्थामा चोट पु¥याउने होइन तर छलफल गर्दा प्रश्न नै उठाउन नपाइने गरी केही कुरालार्ई पनि मुक्त राख्नु हुँदैन भन्ने मेरो अनुरोध रहन्छ र म हिन्दुहरूले असाध्य मान्ने केही देवताहरूबाट केही प्रसङ्ग झिक्छु र हिन्दुहरूले तीन जना मूल देवता भनेर मानेकामा शृष्टिकर्ता भनेर मानेका देवता हुन व्रह्मा र व्रह्मा स्वयंले आफ्नै छोरी सरस्वतीसँग यौन सम्बन्ध गरेको प्रसङ्ग आउँछ र हिन्दूहरू छोरीसँग यौन सम्वन्ध राख्ने बाउलार्ई भयानक व्यभिचारी मान्छन र हो पनि र तर आफ्नै छोरीसँग यौन सम्बन्ध राखेका भनिएका व्रह्मालार्ई घृणा गर्दैनन् वरु श्रिष्टिकर्ता मानेर पूजा गर्छन र ठूलाबढाले जे गरे पनि छुट हुने कुरालार्ई हिन्दूहरूले सुरुदेखि नै मान्दै आएको देखिन्छ ।
हिन्दुहरूका पालनकर्ता देवता भनिका विष्णु हुन र जालन्धरलार्ई युद्धमा पराजित गर्न विष्णुले जालन्धरकै भेष धारण गरेर श्रीमतीको यौन लुटेको कुरा पण्डितहरू सगौरव भन्ने गर्छन भने भक्त श्रोताहरूको दिलमा यो कुरा सुनेर विष्णुप्रतिको श्रद्धामा अलिकति पनि कमि हुदैन र घृणा पैदा हुनु त कता हो कता ! हिन्दुहरूका देवताका पनि देवता ईन्द्र हुन र ईन्द्र स्वयं गुरु पत्नीको यौन शोषण गरेको कारणले चर्चित छन् र आफ्ना गुरु गौतमकी श्रीमती अहिल्यालार्ई गुरु नभएको मौका छोपेर यौन सम्बन्ध गर्न शक्तिको आडमा वाध्य बनाएको र गौतमले देखेपछि ईन्द्रलार्ई शरीरभरि हजार योनी होस् भनेर श्राप दिएको कथा सुन्दै आनन्द लिने हिन्दु समाज नै हो र त्यसरी व्यभिचार गर्ने ईन्द्रप्रति घृणा जाग्नुको सट्टा उल्टै महान लाग्ने सोच कुन विचारबाट जन्मन्छ होला ? उल्टै तिनै व्यभिचारी ईन्द्र देवताका पनि देवता मानिन्छन र यहाँ पनि ठूला ठालूलार्ई हाम्रो धर्मले सव कुरा गर्ने छुट दिएको छ र जुन कुरा गर्न देवतालार्ई छुट हुन्छ त्यो छुट देवता पछिका शक्तिशालीहरूले लिदै आए ।
शिव हिन्दूहरूका अर्का पूजनीय देवता हुन र यौनको मामलामा शिव पनि कम वदनाम छैनन् र श्लेस्मान्तक वनमा हरिणसँग यौन सम्वन्ध गरेको शिवजीको कथा पनि कम विस्मयकारी छैन र यौन उत्तेजना भएपछि हरिणमाथि चढ्ने शिव र हिजो आज गाउँमा अर्काका खोरका बाख्री बिगार्ने पुरुष एकै हुन र बाख्री बिगार्ने पुरुषलार्ई पशु करणीमा मुद्दा हाल्ने र घीन मान्ने हामी शिवलार्ई भने पुजा गर्छौं किन ? एकै प्रकृतिको काम गर्दा कसैले गर्दा लिला हुने र कसैले गर्दा अपराध हुने कसरी हुन्छ ?
महिलाहरूमाथि यौनजन्य छेडखान गर्ने तथा यौन अराजकता मच्याउनेमा कृष्ण सवैभन्दा वदनाम छन् र एकान्तमा साथी साथी भएर नुहाइरहेका युवतीहरूका कपडा खुसुक्क लुकाइदिने र रुखमा बसेर नाङ्गो स्त्री–देह हेरेर रोमान्चित हुने व्यभिचारी कसरी देवता हुन सक्छ ? अनि त्यस्तो उदण्ड मानिस देवता हुन्छ भने त्यो देवता कसरी महिला–मैत्री हुन सक्छ ? हातले गुप्ताङ्ग छोपेर आफ्ना कपडा दिन अनुनयविनय गर्ने युवतीहरूलार्ई उनीहरूका पुष्ट स्तन हेर्ने दुराशयले नांगै नुहाएर अपराध गरे वापत सूर्य भगवानलार्ई दुवै हातले पहिले नमस्कार गर भन्ने कृष्णको चरित्र कसरी आदर्श भयो ? तर हिन्दू समाज कृष्णलार्ई एति धेरै प्रेम गर्छ कि कृष्णलार्ई हिन्दू महिलाहरू आफ्नो प्रेमी नै सोच्छन रकृष्ण चरित्रमा एउटा ‘भगवानलार्ई पाप लाग्दैन भन्ने लिला’ भन्ने एउटा अध्याय नै छ र भगवानले जे गरे पनि पाप लाग्दैन भन्ने मान्यतालार्ई मान्छेको दिमागमा काँटी ठोके जसरी ठोक्ने यो गजवको काइदा हो र यही छुट लिनको लागि संसारभरीका राजा महाराजाहरूले आपूmलार्ई ईश्वरको अवतार भनेर भन्ने गर्थे र नेपालका शाह राजाहरू पनि आपूmलार्ई विष्णुको अवतार भन्न पछि पर्दैनथे र विष्णुका अवतार भनिनेहरू कति झुर रहेछन् भने अन्तमा आफ्नै दाजु लगायत सपरिवारको हत्या गरेर राजा हुनु पर्ने चरम सत्ता लिप्सा र क्रुरताले प्रष्ट भयो र प्रजावत्सल विष्णुको अवतार कति प्रजावत्सल रहेछ भन्ने कुरा हाल नेपालका दशजना धनीहरूको नाममा पुर्वराजाको पनि नाम आए पछि थाहा भयो र अझै पनि कोही बेला बेलामा ‘राजा आऊ देश बचाऊ’ भन्दै छन् ।
आज जुन अर्थमा हिन्दु धर्म समाजमा प्रयोगमा छ यसले पुरुषलार्ई र पुरुषको लिंगलार्ई महिलाहरूमाथि अत्याचार गर्न निर्वंध छोडेको छ र महिलाहरू पुरुषका चरणका दासी हुन र पुरुषले जे गरे पनि उनीहरूले प्रतिवाद गर्नु हुन्न भन्ने कुरा हजारौ वर्षदेखि भनिदै र व्यवहारमा प्रयोग गर्दै आइयो ।
माथि देवता र धर्म वारे केही तीता कुराहरू गरियो र यी कुराहरू तिता भए पनि कठोर यथार्थ हुन र अव अलिकति शासकहरूका कुरा गरौँ र संसारभरिका प्रतिक्रियावादी शासकहरू महिलाहरूलार्ई खेलौना ठान्छन र नेपालका शासकहरूको हकमा पनि यही कुरा लागू हुन्छ र राणा शासनकालमा राणाहरू चढ्ने भर्यांगको दुवैतिर नाङ्गा युवतीहरू उभ्याइन्थ्यो र राणाहरू ती युवतीका स्तनहरू समाउँदै उक्लन्थे भन्ने कुरा धेरै सुनियो र यो एउटा उदाहरण मात्र हो र उनीहरू घुम्न निस्कँदा कतै राम्रा युवती देखे भने तत्कालै या पछि मानिस पठाएर ती दरवारमा लागिन्थे र कसैका रुपवती छोरी–बुहारी देखेपछि राणाहरूलार्ई मन लाग्यो भने सकिन्थ्यो र कसैले नाइनास्ती गर्ने उपाय थिएन र अव भन्नोस् जुन देशका शासक महिलाको मामालामा एति खराव छन् भने त्यो देशका कारिन्दाहरूले के सिके होलान र जनाताले पनि के सिके होलान ? गाउका साहु सामन्तले समेत कुनै गरिवले बिहे गरेर ल्यायो भने बेहुली घर पु¥याउन नपाई पहिले केही दिन साहु सामन्तलार्ई बुझाउनु पथ्र्यो र उनीहरू अघाएपछि मात्रै बिचरो बेहुलाको पालो आउँथ्यो र अव भन्नोस् दरवारको भर्यांगमा राणाहरूले स्तन समाउदै
मातृसत्ताको पतन र पुरुषसत्ताको जन्म पछि विवाह प्रणालीमा पनि बलात्कारलार्ई सामाजिक मान्यता दिइयो र वालविवाह, अनमेल विवाह, लुटीविवाह जस्ता विवाहहरु महिलाहरूलार्ई बलात्कार गर्न छुट दिने परम्पराहरू हुन रहिन्दू महिलाहरूले असाध्य पवित्र मानेर व्रत बस्ने स्वस्थानीमा सत्तरी वर्षका व्राम्हणले सात वर्षकी बच्ची बिहे गरेको प्रसङ्ग आँउछ र हिन्दू महिलाहरू यो कुरालार्ई ख्याल गर्छन् कि गर्दैनन् कुन्नि ? सात वर्ष कि बच्चीलार्ई सत्तरी वर्षको बुढाले बिहे गरेपछि बलात्कार नगरे के गर्छ होला र त्यो बलात्कार कति आततायी होला ? यसरी हाम्रा धर्म संस्कार र परम्परामै बलात्कारलार्ई धार्मिक–सांस्कृतिक रुपमा कुनै न कुनै हिसाबले मान्यता दिइदै आइयो र पुरुषलार्ई अझ उच्च जातिको भनिएको पुरुषलार्ई फुक्काफाल छोड्ने हाम्रो परम्परालार्ई नियम कानुनले पनि मान्यता दिदै आए र जङ्ग बहादुरले जारी गरेको पहिलो मुलुकी ऐनमा करणीसम्वन्धी सजाय हुने जात जातका व्यवस्था छन् र हरेक दफा उपदफामा ‘वर्ष नाघेकी’ भन्ने कुरा भेटिन्छ र ११ वर्ष पुगे पछि भन्नुको अर्थ १२ वर्ष पुगे पछि महिलाहरू यौन सम्वन्ध राख्न योग्य हुन्छन भन्ने हो र राज्यले कानुन नै बनाएर ११ वर्ष पुगेकी केटी मान्छेसँग हुने यौन सम्वन्धलार्ई वाल यौन शोषण नमाने पछि त्यो तथाकथित यौन सम्वन्ध वलात्कार भयो कि भएन होला ? आजको कानुनअनुसार हिजो झन्डै सतप्रतिशत महिलाहरू वालयौन शोषणको शिकार भए अर्थात ती वलात्कृत भए र आर्थिक अधिकार पुरुषको, वंशसम्वन्धी अधिकार पुरुषको, सामाजिक, धार्मिक, शैक्षिक अधिकार पुरुषको, सिंगै राज्यमा पुरुषको हाइदुहाईलार्ई मान्यता दिएपछि महिलाहरूले हजार थरिका उत्पीडन भोग्ने भए र त्यसमध्य जवर्जस्ती यौन शोषण अर्थात वलात्कार महिलामाथि हुने उत्पीडनको सवैभन्दा निक्रिस्ट उत्पीडन हो र वलात्कारको जरो हाम्रा धर्म संस्कृति र सामाजिक परम्परामा छ र त्यो धर्म संस्कृति र परम्पराको जरो अर्थतन्त्रमा छ र जीव विज्ञानको कुनै कारणले या शरीरमा हुने कुनै रसायनको कारणले पुरुष कामोत्तेजनाले समालिन नसकेर वलात्कारी भएको होइन र आमाको गर्भमा धुकधुकी चल्न थालेबाटै पुरुषले अनेकन सुविधाहरु प्राप्त गर्छ र अधिकांस पुरुषले गर्भमै हत्याको शिकार हुनु पर्दैन भने छोरी भएकै कारणले गर्भमै मार्ने हाम्रो सामाजिक सांस्कृतिक परम्परा छ र यसरी आमाको गर्भमा हुँदाबाटै गरिने सम्भावित हत्याबाट जोगिएर जन्मे पछि पनि छोरीले सबैभन्दा महान् भनिएकी आमाको मुखबाट समेत अर्काको घर जाने जात भनेर हेलाहोचो गरेको खप्नु पर्छ र छोरा जन्मदा गरिने हर्षोल्लास र छोरी जन्मदा हुने रुवावासीबाट छोरीका दुखका कहानीहरू अघि बढ्छन र घर समाज र राज्य सवैतिर हेपिएकी, भगवानहरूबाट समेत उहिले बलात्कार खेपेकी र धर्म संस्कृति सबैतिर तल्लो दर्जामा पारिएकी महिला पल–पल मानसिक हिसाबले वलात्कृत हुन्छिन् र अहिले भन्ने गरिएको वलात्कार त त्यसको सबैभन्दा नाङ्गो र निकृष्टतम रुप मात्र हो ।
महिलाहरूमाथि हुने वलात्कारलार्ई हटाउने भनेको पुरुषसत्तावादलार्ई हटाउने भनेको हो र पुरुषसत्तावादलार्ई हटाउने भनेको पुरुषलार्ई धर्म संस्कृति परम्परा र कानुनले दिएका एकाधिकारहरू मास्ने भनेको हो र पुरुषका ती सारा एकलौटी अधिकारहरू मास्ने भनेको महिला पुरुष बराबरी हुने समाज बनाउने भनेको हो र महिला पुरुष बराबरी हुने समाज एक्लै आउदैन र त्यो महिला पुरुष बराबरी सहित धनी गरिब बराबरी अनि जुन जातको भए पनि मान्छे मान्छे बराबरी भएको समाज बनेर आउँछ र त्यो समाज भनेको समाजवादी समाज हो र त्यस्तो समाज रोएर कराएर आउदैन र त्यस्तो समाज महिलाहरू मात्रै लडेर पनि आउदैन र आजको पुँजीवादी समाज व्यवस्थाले शोषण दमन र उत्पीडन गरेका सवै मानिसहरू मिल्नु पर्छ र पुरुषहरूको एकलौटी हिजो सामन्ती व्यवस्थासँग जोडिएको थियो भने आजको पुँजीवादले ती सवै मानवता विरोधी कुराहरुलार्ई आफ्नो बनाएको छ र त्यसो भनेको आजको व्यवस्थाको उत्पीडनको शिकार भएका महिला पुरुष सवै मिलेर एउटा लामो लडाई लड्ने भनेको हो ।
महिलाहरूमाथि उत्पीडन र भेदवाव गर्ने मान्यातहरू जहाँ–जहाँ छन् त्यहाँ त्यहाँ महिलाहरूले आक्रमण गर्नु पर्छ र यसोभन्दा कुरा धर्ममा गैर ठोक्किन्छ, पवित्र मानिएको ईश्वरमा पुगेर ठोक्किन्छ र पुराना रुढीग्रस्त मान्यताहरूमा पुगेर ठोक्किन्छ र आजको समाजमा पुरुषभन्दा महिलाहरू बढी रुढिवादी छन् र धर्मकर्म भने पछि हुरुक्क हुने महिलाहरू नै छन् र थरी थरीका व्रत बसेर ज्यान सुकाउने महिलाहरू नै छन् र लामो अभ्यासबाट महिलाहरूलार्ई रुढिवादी बनाइएको छ र त्यसैले सवैभन्दा पहिले महिलाले भौतिकवादी हुन जरुरि छ र समाजवादी हुन जरुरी छ र बिद्रोही हुन जरुरी छ ।
माथिको संक्षिप्त चर्चाको निष्कर्ष के हो भने आज महिलाहरूमाथि हुने वलात्कारलगायत उत्पीडनको जरो हजारौं वर्ष पुरानो जमिनमा गाडिएको छ र त्यो हजारौं वर्षको मूल्य मान्यता र संस्कारहरूमा जोडिएको छ र लगभग आठ हजार वर्ष पुरानो यो रोगको उपचार एकाध वलात्कारीलार्ई फासीमा चढाएर हुँदैन र वलात्कारीको लिङ्ग काट्ने भन्ने जस्ता कुराले त हुँदै हँुदैन र पुरुष सत्तावादी सामाजिक कारखाना नै वलात्कारी जन्माउने कारखाना हो र जुन कारखानाबाट दिनहुँ वलात्कारीहरु जन्मिरहेका छन् र कारखाना वेरोकटोक चलिरहे पछि दिनमा दशजना वलात्कारीलार्ई झुन्ड्याए पनि वलात्कार रोकिदैन र हाम्रो ध्यान वलात्कारीलार्ई कडा सजाय गर्ने सँगै वलात्कारी जन्मने कारखाना पनि बन्द गर्नेमा हुनु पर्छ र पुराना महिला विरोधी मान्यताहरू केही पनि नछोड्ने,समाजको पुरानो संरचनालार्ई भत्काउन तयार नहुने, रुढीवादी पनि भैरहने अनि हामीमाथिको उत्पीडन हट्नु प¥यो भन्नु, ढुंगाले किचिएको मानिसले ढुङ्गो नापल्टाई या नफुटाई मलार्ई उद्दार गर भने जस्तै अवैज्ञानिक कुरा हो ।
आजको महिला विरोधी समाज व्यवस्थालार्ई राज्यले बचाएर राखेको हुन्छ र बाहिर देखाउनलार्ई जे भने पनि राज्यका निकायहरु महिला मैत्री हुँदैनन् र प्रहरी, सेना, या सरकारी हाकिम देख्दा एक्ली महिलाले कहिले ढुक्कको महसुस गर्दिनन् र प्रहरीबाटै महिला प्रहरी वलात्कार भएको हाम्रै देश हो र प्रहरी चौकी र सेनाका व्यारेकहरुभित्र कैयन महिलाहरु वलात्कृत हुन्छन् र ममाथि वलात्कार भयो भनेर उजुरी गर्न जाने महिलालार्ई प्रहरीले सोध्ने प्रश्न र गर्ने व्यवहार सबैलार्ई थाहा छ र मन्दिर भित्रको यौन शोषणको कुरा पनि नयाँ होइन र घरदेखि अफिससम्म, प्रहरी चौकीदेखि मन्दिरसम्म, होटल रेस्टुरेन्टदेखि लजसम्म वलात्कारका हजार अखाडा छन् र महिला भनेकी पुरुषले जे पनि गर्न पाइने चीज हो र यो समाजमा हाम्रो बोलवाला भएकोले उसले हल्ला गरे पनि उल्टै उसैलार्ई लाज हुन्छ भन्ने मानसिकता समाजले पुरुषलार्ई थोपरेको छ र केही गरी प्रहरीले समाते पनि पैसा दिएर मिलापत्रको नाममा कुरा मिलाउन सकिन्छ भन्ने पुरुषलार्ई थाहा छ र हजारौं घटनाबाट समाजको नाडी छामेको पुरुष वलात्कार जस्तो अपराध सजिलै गर्न पुग्छ र मठ मन्दिर, चौकी थाना, अदालत सवैतिर पुरुष नै भएको र प्राय पुरुषको धारणा उस्तै हुने भएकोले महिलाले न्याय पाउन मुस्किल हुन्छ ।
यी सवै कुराहरूको सार के हो भने महिलाले यो समाज मेरो लागि पनि पुरुषलार्ई जत्तिकै आनन्ददायक छ भनेर निस्फिक्री हुनको लागि सवैभन्दा पहिले यो पुरानो समाजलार्ई भत्काउने पर्छ र पुरुषहरुले आठ हजार वर्ष लगाएर निर्माण गरेका सारा मूल्य मान्यता र आदर्शलार्ई आगो सल्काएर खरानी बनाएपछि र महिला पुरुष बराबरी हुने समाज बनाएपछि मात्र महिलाहरुका आनन्दका दिन फिर्ने छन् । त्यसैले महिलाहरूको मुक्तिको संघर्ष एउटा लामो र कठिन संघर्ष हो र आर्थिक तथा राजनीतिक रुपमा समान भएपछि पनि अझै केही वर्ष धर्म संस्कृति र परम्पराको सिक्रीले महिलाहरूलार्ई बाँध्ने छ र युगौँको आदतले पिरोल्ने छ र अर्को संघर्ष फेरि लड्नु पर्ने छ र लामो र कठोर यात्रामा निस्कने प्रण गर्नु नै एउटा मात्र उपाए हो ।

प्रतिक्रियाहरु