बलात्कार र हत्यामा संलग्नलाई सार्वजनिक स्थलमै मृत्युदण्ड

२०७५ श्रावण २५ गते, शुक्रबार

काठमाडौं , २५ साउन । बलात्कार र हत्यामा संलग्न तीन जनालाई सार्वजनिक स्थलमा मृत्युदण्ड दिइएको छ । यमनमा एक १० वर्षीय बालकलाई बलात्कार गरेको र उसको हत्या गरेकोमा दोषी ठहर गर्दै ती तीनजनालाई राजधानी सानास्थित एक चोकमा गोली हानी मृत्युदण्ड दिइएको हो । मृत्युदण्डको सजाय दिँदा सयौं सर्वसाधारण उपस्थित थिए ।
तीनैजनाको शवलाई क्रेनमा झुण्ड्याएर प्रदर्शन गरिएको थियो, ताकि सबैले त्यस्तो जघन्य अपराधमा दिइने सजाय महसुस गर्न सकुन् । दोषीलाई जमिनमा घोप्टो पारेर पिठ्युतर्फबाट मुटुमा पाँच गोली हानेर बुधबार मृत्युदण्ड दिइएको हो । यमनमा व्यभिचार, यौन दुर्व्यवहार, बेश्याबृत्ति, धर्म त्यागजस्ता अपराधमा मृत्युदण्डको सजाय दिने प्रावधान छ । -एजेन्सी

प्रतिक्रियाहरु