बर्दियामा जनसरकार

२०७४ चैत्र १ गते, बिहीबार

काठमाडौं, १ चैत्र । नेपाल कम्युनिष्ठ पार्टी बर्दियाले जिल्ला जनपरिषद गठन गरेको छ । भ्रष्टाचार, महंगी नियन्त्रण गर्नुको साथै जनताका दैनिक जनजिवीका सँग सम्बन्धित मुद्दामा सं‌घर्ष गर्ने उद्देश्यले टिकाराम चौधरीको संयोजकत्‍वमा १७ सदस्य जिल्ला जनपरिषद गठन गरिएको नेकपाले जनाएको छ । पार्टीले गठगन गरेको केन्द्रीय जनप्रतिनिधि सभा सभामुख उमा भुजेलको प्रमुख अतिथ्यमा जिल्ला जनपरिषद्को पहिलो भेला सम्पन्‍न भएको हो । सबै स्थानीय तहमा जनपरिषदलाई विस्तार गरिने प्रमुख चौधरीले बताए । जनताले भोग्दै अाएका समस्याहरुको समाधान वर्तमान सरकारले गर्न नसक्ने भएकै कारण अाफूहरुले परिषद गठन गर्नु परेको नेकपा बर्दियाका सेक्रेटरी गणेश अर्यालले बताए ।
‘संसदीय व्यवस्था लाद्नेहरुले जनताले भोग्दै अाएका समस्याका समाधान गर्न सक्दैन, जनतका प्रतिनिध भनिएका स्थानीय तहका प्रतिनिधिहरुले लुट मच्चाइरहेका छन् । उनीहरुलाई जनताको समस्याको कुनै मतलव छैन, जनताको काम गर्न परिषद गठन गर्नु परेको हो’ सेक्रेटरी अर्यालले भने । भेलाले ३५ जनाको जनप्रतिनिधि सभा गठन पनि गरेको हो । जसको सभामुखमा जयबहादुर ठाढा चुनिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु