बर्तमान सर्न्दर्भमा लेनिन र लेनिनवादको सान्दर्भिकता – हस्तबहादुर केसी

२०७१ जेष्ठ ३१ गते, शनिबार

विषयप्रवेश
भी.आई.लेनिन -सन् १८७० अप्रिल सन् १९२४ जनवरी २३) लेनिनवादका पर््रवतक हुनुहुन्छ । मार्क्सवाद र्सवहारा क्रान्तिको विज्ञान हो । कार्ल मार्क्स र पेडरिक एंगेल्सद्वारा मार्क्सवादको श्रृजना गरिएको हो । मार्क्सवाद एक वैज्ञानिक सिद्धान्त भएकोले यो र्सवहारा श्रमजीवी वर्गको मुक्तिको पथप्रदर्शक गर्ने सिद्धान्त हो । मार्क्सवादको दर्शन द्वन्द्वात्मक भौतिकवाद भएकाले मार्क्सवादी दर्शन र्सवहारावर्गको विश्वदृष्टिकोण हो । अतः यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ । मार्क्सवादी दर्शनका दुइ भाग छन् – द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद । यसको जन्म दर्शनशास्त्रको इतिहासको लामो विकास प्रक्रियाकाबीचबाट भएको ।
मार्क्सवाद पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसङ्र्घष्ा तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । अतः प्रकृति, समाज, चिन्तन, राज्यव्यवस्था बारेमा मार्क्स-एंगेल्सले महान् खोज र प्रयोगद्वारा निकालिएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त एवं व्यवहारको संयुक्त योगलाई मार्क्सवाद भनिन्छ ।
आज मार्क्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवादमा र मार्क्सवाद-लेनिनवादको विकासको तेस्रो र नयाँ चरणमा माओवादको विकास भएको छ । यसरी आज मार्क्सवाद-लेनिनवाद-माओवाद र्सवहारावर्गको मुक्तिको पथपर््रदर्शक सिद्धान्त बन्न पुगेको छ । आज मार्क्सवाद-लेनिनवाद-माओवादलाई आत्मसाथ नगरिकन कोही पनि सच्चा क्रान्तिकारी कम्युनिस्ट बन्नै सक्तैन । अतः आज मार्क्सलाई नबुझकिन लेनिनवादलाई बुझ्न सकिदैन । त्यस्तै लेनिनवादलाई नबुझकिन माओवादलाई बुझ्नै सकिदैन । त्यसो भएर नयाँ संसारको रचना गर्ने हैसियत प्राप्त सम्पर्ूण्ा क्रान्तिकारीहरुले समग्रमा मार्क्सवाद-लेनिनवाद-माओवादलाई बुझ्ने मात्र होइन त्यसलाई जीवन दर्शनको रूपमा ग्रहण गर्नुको विकल्प छैन । यी तीनवटै मार्क्सवाद-लेनिनवाद-माओवाद मध्य कुनै एकको अभावमा आजको सर्न्दर्भमा न मार्क्सवादलाई बुझ्न सकिन्छ, न त लेनिनवाद र माओवादलाई नै । त्यसो भएर यी तीनवटै सिद्धान्तलाई सँगसँगै जोडेर अध्ययन गर्न, बुझ्न र ग्रहण गर्न जरुरी हुन्छ ।
यस लेखमा आजको सर्न्दर्भमा अर्थात् आजको २१ औं शताब्दीको युगमा लेनिनवादको सान्दर्भिकता र आवश्यकता बारेमा केही चर्चा गर्ने प्रयत्न गरिएको छ । लेनिनवादलाई बुझ्नको निम्ति र्सवप्रथम लेनिन को हुनुहुन्थ्यो – लेनिनको राजनीतिक, वैचारिक, सैद्धान्तिक तथा सांगठनिक यात्रा कसरी आरम्भ भयो – कुन परिवेश र सर्न्दर्भमा लेनिनले लेनिनवादको सृजना गर्नुभयो – वास्तविक अर्थमा लेनिनवाद भनेको के हो र यसको आजको युगमा के कति सान्दर्भिकता छ – आदि विषयमा यस लेखमा छलफल गर्ने प्रयत्न गरिएको छ ।
लेनिनको राजनीतिक एवं सांगठनिक जीवन यात्राः-
लेनिन लेनिनवादका प्रवर्तक हुनुहुन्छ । उहाँको जन्म सन् १८७० अप्रिल २२ मा रुसको भोल्गा नदिको किनारमा अवस्थित शहर सिम्विर्स्क हालको उल्यानोभका भएको थियो । उहाँको पिता इल्या निकालायभिच उल्यानोभ हुनुहुन्थ्यो । आभा मारिया, अलेकसान्द्रभ्ना उल्यानोभ हुनुहुन्थ्यो । अलेक्सान्दर दाजु र अन्ना, भोल्गा, दिभित्री र मारिया दिदी बहिनी हुनुहुन्थ्यो । लेनिनले सन् १८९१ मा पित्र्सवर्ग विश्वविद्यालयबाट विश्वविद्यालयस्तरिय कानुन विषयमा प्रथम श्रेणीमा उतिर्ण्र्ााुनुभएको थियो । सन् १८८७ मार्चमा दाजु अलेक्सान्दर पिर्टसवर्गमा गिरफ्तार हुनुभयो । जारशाहीको हत्या षडयन्त्रमा सामेल भएको आरोपमा मे महिनामा उहाँलाई शिलसेर्ल्वर्ग किल्लामा फाँसी दिएर हत्या गरियो । सन् १८८६ मा लेनिनको आमाको मृत्यु भएको थियो ।
लेनिनको संक्षिप्त जीवनी यही नै हो । उहाँले प्रतिपादन गरेको लेनिनवादलाई बुझ्नका निम्ति लेनिनको राजनीतिक एवं संगठनात्मक संलग्नताका बारेमा जानकारी लिन आवश्यक पर्ने भएकाले यहाँ यस सम्बन्धमा संक्षिप्त चर्चा गर्ने जमर्को गरिएको छ ।
सन् १८९२ मा लेनिनले रुसको सामरामा पहिलो मार्क्सवादी अध्ययन मण्डली खोलनु भयो । यो नै लेनिनको सांगठनिक जीवनको शुभारम्भ थियो । मजदूर स्कुलकी शिक्षिका नादेज्दा कुन्स्ताम्तिनोभ्ना क्रुप्सकायासँग पहिलो चोटी सन् १८९४ मा लेनिनको जास्तामाको आइतबारे सन्ध्या स्कूलमा परिचय भयो र त्यसपछि सामूहिक कार्यले दुबैलाई नजिक ल्यायो । सन् १८९५ मा लेनिनले पिर्टर्सववर्गका मार्क्सवादी अध्ययन मण्डलीहरुलाई संगठित गर्नुभयो । त्यसलाई मजदूर वर्ग मुक्ति संघ नाम दिइयो । यो रुसको क्रान्तिकारी मार्क्सवादी पार्टीीे पहिलो बिउ थियो । सन् १८९७ फरवरी १३ मा लेनिनलाई जारशाही सत्ताले ३ वर्षो पूर्वि साइबेरियामा जाने निर्वासन दण्ड दियो । यो ३ वर्षो अवधिमा लेनिनले ३० वटा महत्वपूण् कृतिहरु लेख्नुभयो । एक वर्षछि क्रुप्सकायालाई पनि मुक्त संघमा लागेको आरोपमा निर्वासनमा पठाइयो तर लेनिनको दुलहीको रूपमा शुसेन्सकोयेमा निर्वासन काल बिताउने अनुमति दिइयो र त्यही लेनिनसँग विवाह भयो । निर्वासन सिद्धिएर फर्किएपछि सन् १९०० मे महिनामा पिर्टसवर्गको गोप्य भ्रमण गर्दा लेनिन गिरफ्तार हुनुभयो, तर रिहा हुनुभयो । त्यसपछि १६ जुलाई सन् १९०० मा लेनिन जर्मनीतर्फलाग्नुभयो र त्यहाँ उहाँ ५ वर्षम्म रहनुभयो ।
सन् १९०० को डिसेम्वरमा इस्क्रा -फिलि•ो)को पहिलो अंक जर्मनीबाट प्रकार्शित भयो । त्यसपछि उक्त पत्रिका १९०२ मा लण्डनबाट र १९०३ मा जेनेभाबाट प्रकार्शित भयो । यो पत्रिका निकाल्न लेनिनलाई पुरै १ वर्षलाग्यो । पत्रिकाको सबैभन्दा माथि “यो फिल•ो राँको बन्नेछ” लेखिन्थ्यो । यस पत्रिकालाई १९०३ को रसियाली सामाजिक-जनवादी मजदूर पार्टीीे दोस्रो महाधिवेशनले मुखपत्रको रूपमा मान्यता प्रदान गर्यो ।
सन् १९०१ देखि भ्लादीमिरले आफ्ना केही लेखहरु लेनिनको नामबाट छपाउन थाल्नुभयो । -क्रुप्सकायाको भनाई अनुसार लेनिन नाम साइबेरियाली नदि लेनाबाट राखिएको हो ।) सन् १९०५ अप्रिलमा लण्डनमा रसियाली सामाजिक जनवादी मजदूर पार्टीीे तेस्रो महाधिवेशन बस्यो । महाधिवेशनले लेनिनलाई पार्टीीार्टर्ीीध्यक्षमा निर्वार्चित गर्यो । यसलाई लेनिनले दुइ महाधिवेशन र दुइ पार्टीीे संज्ञा दिनुभयो । किनभने मेन्सेविकहरु महाधिवेशनमा उपस्थित हुन् अस्वीकार गरेका थिए । लेनिन पार्टीीे मुखपत्र प्रलेतारिइको सम्पादकमा मनोनित हुनुभयो । सन् १९०५ नोभेम्वरमा लेनिन पिर्टसवर्ग जानुभयो र देश भित्रै बसेर पार्टीी व्रि्रोहको नेतृत्व गर्न थाल्नुभयो । सन् १९०५ अक्टुवर-डिसेम्वरसम्मको व्रि्रोहले पराजय भोगेपनि त्यो लेनिनको भनाइमा मजदूर्रवर्गको अविस्मरणीय कदम हो ।
सन् १९०६ अप्रिलमा पार्टीीे चौंथो महाधिवेशनमा भाग लिन लेनिन र स्टकहोम जानुभयो । यसमा मेन्सेविकहरु पनि सहभागी थिए तर भूमि सम्बन्धी नीतिमा बोल्सेभिकहरुसित घमासान संर्घष्ा भयो । पार्टीेन्द्रीय समितिमा मेन्सेभिकहरुले आफ्नो बहुमत कायम गर्न सफल भएर पार्टी ुखपत्र पनि कब्जा गरे । सन् १९११ को बसन्तमा लेनिनले पेरिस नजिक लान्सयूमो बस्तीमा पार्टीीकुल खोल्नुभयो । यो स्कुल भावी बोल्सेविक पार्टर्ीीे पार्टर्ीीकूल र कम्युनिस्ट विश्वविद्यालयको जग थियो, जसमा भूमिगत मजदूर कार्यकर्ताहरु अध्ययन गर्दैथिए ।
सन् १९१२-१४ को अवधिमा प्राव्धामा २८०भन्दा बढि लेनिनका लेखहरु छापिए र यी लेखहरु मध्ये भ्लादिमिर इल्यिच, भ. प|mेइ. भ.इ., त, प्राव्धावादी, तथ्याड्ढशास्त्री, पाठक उपनाम लेखिएका थिए । सन् १९१२ को शरदमा चौंथो ड्यूमाको चुनाव भयो र लेनिनको पार्टीोल्सेविकले पनि भाग लियो, जसमा ६ जना निर्वार्चित भएका थिए । उता मेन्सेविकका ७ जना निर्वार्चित भएका थिए ।
प्रथम विश्वयुद्धको कडा विरोध गर्ने लेनिनलाई झुटो सूचनाको आधारमा अष्ट्रियाली सरकारले गिरफ्तार गर्यो । र जारशाहीको जासुसीको आरोप लगाइयो । लेनिनका पाण्डुलीपिहरुलाई जासुसीकोड भएको दस्तावेज भनियो तर व्यापक जनदवाव पछि २ हप्तामा छोडियो । सन् १९१७ फरवरीमा बोल्सेविक पार्टीीे आह्रवानमा पेत्रोग्रादमा मजदूरहरुले आमहडताल गरे यसमा २ लाखभन्दा बढि मजदूर सहभागी थिए । नारा थिए – जारशाही मुदावाद, युद्ध नास होस्, रोरी-रोटी सन् १९१७ अप्रिल ३ को राति लेनिन झण्डै १० वर्षछि स्वीजरल्याण्डको निर्वासनबाट पेत्रोग्राद र्फकनुभयो । लालझण्डा बोकेका हजारौं श्रमीकहरुलाई लेनिनले बुलेटप्रुफ मोटरमा चढेर सम्बोधन गर्नुभयो । बुर्जुवा जनवादी क्रान्तिले बुर्जुवा वर्गको हातमा सत्ता गएपछि लेनिनले अस्थायी सरकारलाई असहयोग र सम्पूण्ा सत्ता सोभियतहरुलाई भन्ने नारा अघि सार्नुभयो । सन् १९१७ जुलाई ५ को राती जारशाहीका गुण्डाहरुद्वारा प्राव्धाको कार्यालयमा आक्रमण गरे, जहाँ लेनिन हुनुहुन्थ्यो त उहाँ बच्न सफल हुनुभयो । अस्थायी सरकारको अध्यक्ष केरेन्स्कीले लेनिनलाई गिरफ्तार गर्न मद्धत गर्ने व्यक्तिलाई धेरै पैसा इनाम दिने सो घोषणा गर्यो तर लेनिन भने पेत्रोग्राद नजिकको राजलिफ तलाउको किनारमा रहेको छाप्रोमा फिन्ल्याण्ड निवासी घाँसीको रूपमा भूमिगत भई काम गर्न थाल्नुभयो । त्यहाँ उहाँले “राज्य र क्रान्ति” नामक प्रशिद्ध पुस्तक लेख्नुभयो ।
सन् १९१७ जुलाइको अन्त्यमा पेत्रोग्रादमा अर्धभूमिगत ढंगबाट पार्टीीे छैटौं महाधिवेशन भयो र लेनिन अस्थायी सरकारको न्यायलयमा जान नहुने निर्ण्र्ाासहित लेनिनलाई सम्माननिय अध्यक्षमा चुन्यो । सन् १९१७ अक्टुवर १६ मा बसेको पार्टीे केन्द्रीय समितिको विस्तारित बैठकलाई लेनिनले सम्बोधन गर्दै तुरुन्त सशस्त्र व्रि्रोह शुरु गर्न आह्वान गर्नुभयो ।
सन् १९१७ अक्टुवर २५ को बिहानीपख टेलिफोन, टेलिगाफ, रेडियो स्टेशन, नेभा नदिका पुलहरु, रेल स्टेशनहरु र राजधानिका मुख्य-मुख्य अड्डाहरुमा व्रि्रोही मजदूर, सिपाही र नौ सैनिकहरुले कब्जा गरे । त्यसै दिन श्रमिक तथा सैनिक डेपुटीहरुको पेत्रोग्राद सोभियत क्रान्तिकारी सैनिक समितिले नागरिकहरुलाई सम्बोधन गरिएको एक घोषणापत्र प्रकार्शित गर्यो । त्यसै दिन २ः३० बजे पेत्रोग्राद सोभियतको ऐतिहासिक बैठक शुरु भयो र त्यहाँ लेनिनले समाजवादी क्रान्तिको विजयबारे निकै जोसिलो भाषण दिनुभयो । सोभियतहरुको दोस्रो महाधिवेशनले श्रमिक तथा सैनिक डेपुटीहरुका सोभियतहरुको एक अखिल रसियाली केन्द्रिय कार्यकारीणी समिति छान्यो र मन्त्रिमण्डल -कमिसार परिषद) पनि गठन गर्यो । जसको अध्यक्षमा लेनिन चुनिनुभयो ।
सन् १९१८ मार्च ६ को दिन पेत्रोग्रादमा सातौं पार्टीीहाधिवेशन शुरु भयो । यसमा लेनिनको प्रस्ताव अनुसार पार्टर्ीीे नाम रसियाली कम्युनिस्ट पार्टीीबोल्सेभिक) राखियो । सन् १९१८ अगस्त ३० मा एसेर पार्टर्ीीे सदस्य कामलानले लेनिनमाथि गोली चलाई र लेनिन सख्त घाइते हुनुभयो । किनभने ती गोलीहरु विषावत थिए । सन् १९१९ को मार्चमा मास्कोमा तेस्रो अन्तर्रााट्रयको गठन र प्रथम महाधिवेशनमा लेनिनले नेतृत्व प्रदान गर्नुभयो ।
सन् १९२४ जनवरी २३ को दिन बेलुकी ६ः३० बजे दिमागको नसा फुटेर लेनिनको मृत्यु भयो । १९२४ जनवरी २३ मा महान् लेनिनको देह गोर्कीबाट मस्को ल्याइयो र संघीय भवनको स्तम्भ हलमा राखियो । ४ दिनसम्म लाखौं मजदूर र किसान -बच्चादेखि बृद्धसम्म)हरुले आफ्ना महान् नेता लेनिनबाट बिदा हुँदै श्रद्धाञ्जली दिए । सन् १९२४ जनवरी २७ को दिउँसो ४ बजे लेनिनको अन्त्यष्टिको जुलुस निस्कियो । लेनिनको देह कफन लालमैदान विशेष रूपले बनाइएको समाधिमा राखियो । यसरी विश्व र्सवहारावर्गका महान् नेताको भौतिक शरिर सदाका लागि अन्त्य भयो तर उहाँले सृजना गरेका विचारहरु सदाका लागि अमर बन्न पुगे ।
लेनिनवाद के हो –
ँठोस परिस्थितिको ठोस विश्लेषण नै मार्क्सवादको आत्मा हो’ भन्नु हुने विश्व र्सवहारा वर्गका महान् नेता एवं चिन्तक भ्लादिमिर इल्विच लेनिन लेनिनवादका सृजनाकार हुनुहुन्छ । पहिलो पटक रुसमा सन् १८८३ मा मार्क्सवादी समूहको विकास भयो । रुसमा मार्क्सवादको पहिलो प्रचारक प्लेखानोभ थिए । प्लेखानोभको नेतृत्वमा गठन गरिएको मजदूर मुक्ति दल नै रुसको पहिलो स्थापित कम्युनिस्ट पार्टीीथयो र यसलाई नै लेनिन -सन् १८७०-१९२४) ले नयाँ ढंगले विकास गर्नुभयो ।
मार्क्सवाद विज्ञान भएकाले गतिशील सिद्धान्त हो । तत्कालिन विश्वपरिस्थितीमा सवृहारा वगृले मार्क्सवादलाई सृजनात्मक ढंगले लागु गर्ने क्रममा महान् लेनिन मार्क्सवाद माथि थप विकास गर्दै मार्क्सवादी ज्ञानभण्डारमा महत्वपर्ूण्ा योगदान पुर्याउनुभयो । मार्क्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । पूँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादन शक्ति, र्सवहारा आन्दोलन तथा ज्ञान-विकासका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु, र यस प्रकारको नयाँ उचाइमा विकसित गर्नु पर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवादको जन्म भएको हो । पुँजीवादको चरम अवस्था साम्राज्यवाद भएको व्याख्या गर्दै लेनिनले साम्राज्यवाद र र्सवहारा वर्गबिच भीषण संर्घष्ा हुने कुरा उल्लेख गर्नुभयो । लेनिनले ँसाम्राज्यवादलाई पुँजीवादको मरनासन्न अवस्था हो’ भन्ने व्याख्या गर्नुहुँदै साम्राज्यवादी युग “साम्राज्यवाद र विश्वर्सवहारावर्ग बचिको भीषण वर्ग संर्घष्ाको युग हो” भनेर व्याख्या गर्नुभयो । महान् लेनिनका उत्तराधिकारी जोसेफ स्टालिनले लेनिनवाद भनेको ँसाम्राज्यवाद र र्सवहारा क्रान्तिको युगको मार्क्सवाद हो’ भनेर व्याख्या गर्नुभएको छ ।
अतः लेनिनवाद भनेको सामान्यतया र्सवहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीति र विशेषतः र्सवहारावर्गको अधिनायकतन्त्रको सिद्धान्त र कार्यनीति हो । किन की कार्ल मार्क्सले पुँजीवादको विकास भएर संसारभर एकैसाथ समाजवादी क्रान्ति सम्पन्न भएर मानवजाती वर्गविहिन तथा राज्यविहिन साम्यवादमा पुग्ने व्याख्या गर्नुहुँदै एउटा मात्रै देशमा अल-अलग ढंगले समाजवादी क्रान्ति हुन नसक्ने व्याख्या गर्नुभएको थियो । तर महान् लेनिनले मार्क्सवादमाथि थप विकास गर्दै आजको साम्राज्यवाद र र्सवहारा क्रान्तिको युगमा पुँजीवादी क्रान्ति सम्पन्न समाजवादी क्रान्तिका लागि वस्तुगत परिस्थिति र आत्मगत परिस्थिति परिपक्व भइसकेको एउटै देशमा समाजवादी क्रान्ति सम्पन्न गर्न सकिने व्याख्या लेनिनले गर्नुभयो र साम्राज्यवादमा पतन भइसकेको सोभियत रुसमा सन् १९१७ अक्टुवर २५ का दिन महान् रुसी अक्टुवर समाजवादी क्रान्ति आफ्नै नेतृत्वमा सम्पन्न गरेर र्सवहारावर्गको अधिनायत्व स्थापित गर्नुभयो । राजनीतिक क्षेत्रमा यो नै लेनिनवादको सारतत्व थियो ।
संगठनका क्षेत्रमा लेनिनले पार्टीीनर्माण र परिचालन पद्धतिसंगत ढंगले सञ्चालन गर्नुपर्ने वैज्ञानिक पद्धतिको निर्माण गर्दै जनवादी केन्द्रीयताको सिद्धान्तको प्रतिपादन गर्नुभयो । जसलाई लेनिनवादी संगठनात्मक सिद्धान्त भनिन्छ । यसलाई विश्वभरका सम्पूण क्रान्तिकारी कम्युनिस्ट पार्टीीले अवलम्बन गर्दै आएका छन् । अन्तर्रर्ााट्रय कम्युनिस्ट आन्दोलनमा विद्यमान अराजकतावादी तथा अवसरवादी प्रवृत्तिका विरूद्धको संर्घष्ाका क्रममा मार्क्स-एंगेल्सले जनवादी केन्द्रीयताको सिद्धान्तको निर्माणमा आवश्यक पर्ूवाधार तयार पार्नु भएको थियो र पछि लेनिनले र्सवहारावर्गको पार्टर्ीींचालनका लागि व्यवस्थित रूपमा जनवादी केन्द्रीयताको सिद्धान्त प्रतिपादन गर्नुभयो । जनवादी केन्द्रीयता के हो त्यो बुझ्नका लागि र्सवप्थम लेनिनका भनाईहरुमाथि ध्यान दिन आवश्यक हुन्छ । संक्षिप्तमा जनवादी केन्द्रीयतालाई निम्न अनुसार सुत्रबद्ध गरेर बुझ्न सकिन्छ । लेनिन भन्नुहुन्छ – “कम्युनिस्ट पार्टर्ीीे संगठनमा जनवादी केन्द्रीयताको वास्तविक मेल अर्थात् केन्द्रीयता र र्सवहाराजनतन्त्रको सम्मिश्रण हुनर्ुपर्दछ ।” वास्तवमा हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने जनवादी केन्द्रीयता र जनवादजस्ता विपरितहरुको एकत्व हो । यहाँ जनवाद र केन्द्रीयता परस्पर अलग-अलग होइा, एक अर्कामा संश्लेषित भएका हुन्छन् । लेनिनका भनाइमा “कम्युनिस्ट पार्टी संगठनभित्र जीवित एकता जनवादी केन्द्रीयताद्वारा हासिल गर्नुपर्दछ ।
जनवादी केन्द्रीयताको प्रणाली अर्न्तर्गत अल्पमत बहुमतको, व्यक्ति संगठनको, तल्ला कमिटिहरु उपल्ला कमिटिहरुको र सिंगो पार्टीीेन्द्रीय समितिको मातहतमा हुनर्ुपर्दछ । यस अनुसार केन्द्रीय समिति पनि अन्ततः महाधिवेशनको मातहतमा हुन्छ । कम्युनिस्ट पार्टीीे कमिटि प्रणालीको व्यवस्था जनवादी केन्द्रीयताको मान्यतामा आधारित हुन्छ ।
जनवाद र केन्द्रीयताबीचको सम्बन्धमा कुनै एउटा अवस्थामा जनवाद र अर्को अवस्थामा केन्द्रीयता प्रधान हुने गर्दछ तर समग्रतामा केन्द्रीयता नै प्रधान हुन्छ । तर हामीले ठिक यहाँनेर के कुरा भुल्नु हुँदेन भने केन्द्रीयता जनवादको जगमा खडा भएको हुन्छ । जनवादी केन्द्रीयताको वास्तविक सैद्धान्तिक सार र मर्म यही हो । जहाँसम्म जनवादी केन्द्रीयतालाई सहि ढंगले बुझ्ने र लागु गर्ने प्रश्न हो, त्यो क्रान्तिकारी कम्युनिस्टहरु मात्रले सक्छन् । तमाम खाले अवसरवादीहरु र संशोधनवादीहरुले आफू नेतृत्वमा रहेको बेला जनवादका विरूद्ध नोकरशाही केन्द्रीयता र नरहेको बेला अराजकतावादी जनवादको प्रयोग गर्दै आएका छन् । जनवादी केन्द्रीयताको सिद्धान्तलाई ठिकसित बुझ्ने र लागु गर्ने क्रममा क्रान्तिकारीहरुले एकातिर तमाम प्रकारका अवसरवादी, अराजकतावादी तथा विर्सजनवादी प्रवृत्तिका विरूद्ध कठोर संर्घष्ा गर्नु र अर्कोतिर उच्च जनवादका आधारमा उच्च प्रकारको केन्द्रीयताको निर्माणमा जोड दिनु नै मुख्य कर्तव्य हुन्छ ।
अतः लेनिनवादी संगठनात्मक सिद्धान्त् अन्तरगत जनवादी केन्द्रीयताको सिद्धान्तलाई वैज्ञानिकिकरण गर्ने, साम्राज्यवादको युगमा युद्धको अपरिहार्यता र हिंसापूण् क्रान्तिको अनिवार्यतालाई व्यवस्थित रूपमा सैद्धान्तिकिकरण गर्ने काममा लेनिनको उल्लेखनिय भूमिका रहेको छ । महान् लेनिनले मार्क्सवादी-लेनिनवादी विश्वदृष्टिकोणलाई क्रान्तिको कार्यदिशासँग गाँस्ने, वर्गदुश्मन तथा संशोधनवादका विरूद्ध वर्गसंर्घष्ा र दुइलाइन संर्घष्ाका समस्याहरुको समाधान गर्दै वैज्ञानिक समाजवादको स्थानिा तथा निर्माण गर्ने काममा अद्धितीय भूमिका रहेको छ ।
आजको सर्न्दर्भमा लेनिनवादको सान्दर्भिकताः
लेनिनले तत्कालिन अवस्थामा व्याख्या गर्नुभएको साम्राज्यवाद र र्सवहारा क्रान्तिको युग अहिले पनि जारी छ । अहिले विज्ञान र प्रविधि र ज्ञान-विज्ञानका क्षेत्रमा केही थप प्रगति हुनु स्वभाविक भएतापनि साम्राज्यवाद र विश्व र्सवहारावर्ग बीचको भीषण वर्गसंर्घष्ा युग यथावत छ । अतः आजको युग साम्राज्यवाद र र्सवहारावर्गको भीषण वर्गसंर्घष्ाको युग हो जुन लेनिनले व्याख्या गर्नुभएको थियो र आफ्नै नेतृत्वमा रुसमा लागु समेत गर्नु भएको थियो ।
आजको विश्व साम्राज्यवादी भूमण्डलीकरणको युगमा साम्राज्यवाद र र्सवहारावर्ग बिचको भीषण वर्गसंर्घष्ा अझ पेचिलो बन्दै गइरहेको छ । विश्व र्सवहारा वर्ग मुक्ति चाहन्छ । उत्पीडित राष्ट्रहरु स्वाधीनता चाहन्छन् । यस परिस्थितिमा विश्व र्सवहारा क्रान्तिका निम्ति लेनिनवादको सान्दर्भिकता र आवश्यकता अरु बढेर गएको छ । यस कारणले पनि विश्वर्सवहारा वर्गको मुक्तिको निम्ति अहिले पनि लेनिन अचुक र अमेघ अस्त्र बन्न पुगेको छ ।
माथि जुन लेनिनवादका सर्न्दर्भमा लेनिनवादी संगठनात्मक सिद्धान्तका क्षेत्रमा जुन चर्चा गरीएको छ, ती लेनिनका महान् विचार र योगदानहरुलाई आजको विश्व र्सवहारावर्गले रक्षा मात्र गर्ने नभएर प्रयोग गर्न समेत गर्न अनिवार्य भएको छ । लेनिनवादलाई आत्मसाथ नगरिकन विश्वर्सवहारावर्गको मुक्ति सम्भव छैन । साम्राज्यवादले ध्वस्त पार्ने एउटा वैज्ञानिक हतियारको रूपमा र्सवहारावर्गले लेनिनवादलाई आत्मसाथ गर्नुको विकल्प छैन ।
नेपाली र्सवहारा क्रान्त्ि विश्वर्सवहारा क्रान्तिको एक अभिनन अंग हो । नेकपा-माओवादी नेपाली र्सवहारावर्गको सबैभन्दा उच्च स्तरको संगठित अग्रदस्ता भएको नाताले महान् नेपाली क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्ने दायित्व पनि यही पार्टीीे काँधमा छ । किनभने वर्तमान अवस्थामा नेपाली क्रान्तिको निर्ण्ाायक नेतृत्वदायी शक्ति पनि नेकपा-माओवादी नै हो । त्यसो भएर आजको नेपालको नयाँ जनवादी क्रान्तिलाई सम्पन्न गर्नका निम्ति नेकपा-माओवादीले जनयुद्धको जगमा जनव्रि्रोह कार्यदिशा कार्यान्वयनको लागि अगाडि सरिरहेको छ । यो आम अर्थात् सशस्त्र शहरीया जनव्रि्रोहको कार्यदिशा हो । लेनिनले सुरुमा विकास गर्नुभएको र प्रयोग समेत गर्नुभएको आम जनव्रि्रोहको कार्यदिशा पनि नेपाली क्रान्तिका लागि त्यति नै शिक्षाप्रदा छ ।
आज मार्क्सवाद-लेनिनवाद र माओवादको समेत साइनबोर्ड झुञ्डाएर प्रतिक्रान्तिका मतियार बनिरहेका सबैखाले संशोधनवादी, एवं नवसंशोधनवादीहरुले मालेमावादका समग्र सिद्धान्त र योजनाका विरूद्ध भीषण आक्रमण गरिरहेका छन् र विश्वर्सवहारा क्रान्तिलाई समेत तहस-नहस पार्ने ग्राण्ड डिजाइनका साथ अगाडि बढिरहेका छन् । यस परिस्थितिमा तिनीहरुलाई ध्वस्त पार्नका निम्ति लेनिनवाद एउटा अचुक र अमेघ हतियार हो भन्ने कुरा विश्वर्सवहारावर्गले कदापी भुलनु हुँदैन ।

प्रतिक्रियाहरु