बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

२०७६ माघ २२ गते, बुधबार

काठमाडौं , २२ माघ । बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । इलामको सूर्योदय नगरपालिका, फिक्कलमा जन्मिएका शर्मा नेपाल टेलिभिजनको महाप्रबन्धक समेत भएका थिए । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटु सम्बन्धी उपचारका क्रममा निधन भएको हो । उनका एक श्रीमती र दुई छोरा छन् ।
मधुमेह र ब्लड प्रेसरका बिरामी शर्मालाई पछिल्लो समय सुगरको पनि इन्फेक्सन भएको थियो । वि.स. २००४ सालमा जन्मिएका शर्माका साहित्यकार डा. तारानाथ शर्मा, चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा, इन्जिनियर पुष्पनाथ शर्मा दाजुभाई हुन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार