बम बिस्फोटपछि मतदान स्थगित

२०७४ मंसिर २१ गते, बिहीबार

काठमाडौं, २१ मंसिर । काठमाडौंको नैकापकाे बिद्या मन्दिर मावि मतदान केन्द्रको मतदान स्थगित भएको छ । मतदान सुरु भएको केही समयपछि बम विस्फोट भएकोले अहिले सम्म मतदान सुरु हुन सकेको छैन । स्थानीयका अनुसार ७:१५ मा बम विस्फोट भएको थियो । विस्फोट पछि लाइनमा बसेका मतदाताबीच केही समय भागदौड मच्चिएको थियो । फेरि बम भएको हल्लासँगै मतदान स्थगित भएको स्थानीयले बताएका छन् ।
यसैगरी , दाङको शान्तिनगर गाउपालिकाकाे सरस्वती निमावि बाघखाेर मतदान केन्द्रलाई स्थानीय जनताले कब्जामा लिएर चारैतिर घेराबन्दी छन् । बिहानैदेखि सरस्वती निमावि मतदान केन्द्र बाघखाेर स्थानीयकाे घेराबन्दीमा परेपछि त्यहाँ शुन्य मतदान भएको छ । पुरानै संसदीय व्यवस्थाकाे चुनावप्रति जनताहरले चारैतिरबाट घेराबन्दी गरेपछि त्यहाँ अहिलेसम्म एक जना पनि भाेट हाल्न नगएको स्थानीयले बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु