बम आक्रमणमा ४४ जना मारिए

२०७२ असार २१ गते, सोमबार

काठमाडौं, २१ असार । नाइजेरियाको जोस सहरमा भएका दुईओटा बम आक्रमणमा कम्तिमा ४४ जनाको मृत्यु भएको छ । रेस्टुरेन्ट र मस्जिदलाई निशाना बनाएर भएको आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । तर, आक्रमणमा लडाकू समूह ‘बोको हराम’को संलग्नता रहेको आशंका गरिएको छ । नाइजेरियामा पछिल्लो समय बोको हरामको आक्रमणमा २ सयभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ । – एजेन्सी

प्रतिक्रियाहरु