बबई उपत्यकामा स्थानान्तरण गरेको गैँडाले बच्चा जन्मायो

२०७३ असार ८ गते, बुधबार

काठमाडौं, ८ असार । चितवन निकुञ्जबाट बर्दिया निकुञ्जको बबई उपत्यकामा स्थानान्तरण गरिएको एक गैँडाले भाले बच्चा (केटो) जन्माएको छ । गत फागुनमा स्थानान्तरण गरिएका तीन पोथीमध्येको २१०१० नम्बर आइडी भएको गैँडाले दुई दिनअघि बच्चा जन्माएको निकुञ्जका सहायक वार्डेन अशोक भण्डारीले बताए । स्थानान्तरण गरिएका पाँचवटै गैँडाको घाँटीमा रेडियो स्याटलाइट जडान गरी अनुगमन गरिँदै आएको छ । “बबईको गुठी पोस्ट नजिक २१०१० आइडीको गैँडाले बच्चा जन्माएछ,” सहायक वार्डेन भण्डारीले भन्नुभयो, “बच्चा र आमा सुरक्षित छन् ।” त्यसको अनुगमनका लागि निकुञ्जको टोली खटिएको छ । गैँडाविहीन भएको बबई उपत्यकामा फेरि गैँडाको सङ्ख्या बढाउने उद्देश्यले गत फागुन तेस्रो साता चितवनबाट दुई भाले र तीन पोथी गैँडा स्थानान्तरण गरिएको थियो ।

प्रतिक्रियाहरु