बन्धुकधारीको अन्धाधुन्ध गोली प्रहरवाट ११ जनाको मृत्यु

२०७६ जेष्ठ १८ गते, शनिबार

काठमाडौं, १८ जेठ । अमेरिकाको भर्जिनियास्थित स्थित एक सरकारी भवनमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । भर्जिनिया बिच म्युनिसिपल सेन्टरको भवनमा अन्धाधुन्ध गोली प्रहार भएको छ । सोही कार्यालयमा लामो समयदेखि कार्यरत एक कर्मचारीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । तर आक्रमणकारीको पहिचान खुलाइएको छैन ।
प्रहरीले गरेको जवाफी कारबाहीका क्रममा उनको पनि मृत्यु भएको छ । आक्रमणकारीले प्रहार गरेको गोली लागेर एक सुरक्षाकर्मीसमेत गम्भीर घाइते भएका छन् । स्थानीय प्रहरी प्रमुख जेम्स सेर्वेराले अन्धाधुन्ध गोली चलाएको थाहा पाएर पुगेको प्रहरीमाथि पनि ती व्यक्तिले गोली चलाएको र जवाफी कारवाहीमा उनी मारिएको बताए । प्रहरीले घटनामा एक जनाको मात्रै संलग्नता रहेको जनाएको छ । आक्रमणकारीको उद्देश्य के थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अमेरिकामा यो वर्ष भएको यो १५० औँ गोलीकाण्ड हो ।-एजेन्सी

प्रतिक्रियाहरु