बन्द भए क्यासिनो

२०७१ बैशाख ७ गते, आईतवार


काठमाडौं, ७ वैशाख । नेपालका विभिन्न पाँचतारे होटलमा संचालित १० वटै क्यासिनो आजदेखि बन्द भएका छन् । क्यासिनोहरुले नवीकरणका लागि निवेदन नदिएपछि सबै क्यासिनो बन्द गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले जनाएको छ ।
बार्षिक रुपमा बुझाउनु पर्ने रोयल्टी नबुझाएका कारण सरकारले सबै क्यासिनोलाई अबैध घोषणा गरेको हो । सरकारले नौ महिनासम्म पटक पटक नवीकरण गर्न समय दिँदा पनि क्यासिनोहरुले वास्ता नगरेपछि क्यासिनोहरुको दर्ता स्वतः खारेज भएको मन्त्रालयले जनाएको छ ।
क्यासिनो संचालकहरुले पनि अर्को सूचना जारी नभएसम्मका लागि क्यासिनो बन्द भएको सूचना टाँसेका छन् । यता क्यासिनोका कर्मचारीहरुले भने आपूmहरुले महिनौदेखि तलब नपाएको गुनासो गरेका छन् ।
कर्मचारीहरुले क्यासिनोको खारेजीलाई आफूहरुले विरोध नगरेपनि तलब भने पाउनुपर्ने बताएका छन् । सबै क्यासिनोमा गरी १० हजार कर्मचारी कार्यरत रहेको र आफूहरुको रोजगारी गुमेको दुखेसो पनि उनीहरुले गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनो बन्दको विषयमा छलफल जारी राखिएको सूचनामा जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु