बन्दुक राख्न पाउने कानुन नियन्त्रण गर्न माग

२०७४ फाल्गुन ६ गते, आईतवार

काठमाडौं, ६ फागुन । फ्लोरिडा गोलीकाण्डमा बाँच्न सफल भएकाहरुले अमेरिकामा बन्दुक राख्न पाउने कानुनलाई नियन्त्रण गर्न माग गरेको छ । सो हत्याकाण्डमा मारिएकाको सम्झनामा गरिएको श्रद्धाञ्जली कार्यक्रमका सहभागीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लज्जाबोध गर्नुपर्ने भन्दै बन्दुक राख्न पाउने कानुन नियन्त्रण गर्न अपील गरे ।
राष्ट्रपति डोनल्ड ट्रम्पले भने आफनो प्रशासनको पहिलो प्राथमिकता अमेरिकी विद्यालय र विद्यार्थीको सुरक्षा हुने बताएका छन् । फ्लोरिडाको पार्कल्याण्डमा गरिएको श्रद्धाञ्जली समारोहमा सो विद्यालयका शिक्षक, विद्यार्थी र राजनीतिक दलका नेताहरुको उपस्थिति थियो । अमेरिकी राजनीतिक विश्लेषकहरु अमेरिकामा हत्या हिंसा अन्त्यका लागि बन्दुकको संस्कृति बन्द गर्नुपर्ने जिकीर गर्छन् ।
अमेरिकी रिपब्लिकन पार्टीका नीति निर्माताहरु भने बन्दुकमाथिको प्रतिबन्ध तत्काल लगाउने पक्षमा छैनन् । फ्लोरिडामा केही दिनअघि निकोलस क्रुज नामका किशोरले गोली हानी १७ जना विद्यार्थीको हत्या गरेका थिए । यसअघि सन् २००७ म भर्जिनियामा त्यस्तै गोलीकाण्डमा ३२ जना मारिएका थिए । सन् २०१२ मा अमेरिकाको स्यान्डी हकमा अर्का बन्दुकधारीले विद्यालयमा गोली हानेर २८ जनाको हत्या गरेको थियो ।-एजेन्सी

प्रतिक्रियाहरु