बन्दको प्रभाव देशभर , बन्दलाई प्रभावित बनाउन प्रहरी हस्तक्षेप

२०७२ श्रावण ८ गते, शुक्रबार

काठमाडौँ, ८ साउन । नेकपा माओवादीले आज आयोजना गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । राजधानी काठमाडौँ लगायत देशभर विहानैबाट सवारी साधन चल्न सकेका छैनन् । माओबादीको बन्दलाई प्रभावित बनाउन प्रहरीले ठाउ ठाउमा हस्तक्षेप गरेको छ । यसै क्रममा प्रहरीले माओवादीका पोलिट्व्यूरो सदस्य तथा संघीय जनवादी मोर्चा नेपालका अध्यक्ष तिलक परियारलाई नयाँ वानेश्वाट गिरफ्तार गरेको छ । माओवादी केन्द्रीय सदस्त तथा प्रचारप्रसार इन्चार्ज शरद सिंह भण्डारीले दिएको जानकारी अनुसार नेपाल बन्दको क्रममा वानेश्वरको जिम्मा लिइरहेका अध्यक्ष परियारसँगै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्दु चन्द, पत्रकार पुष्प न्यौपानेसहित ८ जना माओवादी नेता कार्यकर्ता प्रहरीले गिरफ्तार गरेको हो । काठमाडौँको नारायण गोपाल चोकबाट दश काठमाडौँका विभिन्न स्थानबाट दर्जनौँ बन्दकर्तालाई गिरफ्तार गरिएको छ ।
यसैगरी, नेकपा माओवादीका केन्द्रीय सदस्य नविनलाई झापाको बिर्तामोडबाट शुक्रबार विहानै प्रहरीले गिरफ्तार गरेको छ ।माअावादीका प्रचारप्रसार इन्चार्ज शरद सिंह भण्डारीले दिएकाे जानकारी अनुसार नेपाल बन्दको क्रममा त्यहाँ पुगेका नविनलाई प्रहरीले गिरफ्तार गरेको हो । पूर्वी नेपाल बन्दका कारण ठप्प भएकाे छ । यातायात,कलकारखाना शैक्षिक संस्था लगायत बजार पूर्ण रुपमा बन्द भएका छन् ।
नेपाली भूमि लिपुलेकलाइँ भारत र चीन अाफ्नाे स्वार्थ अनुसार गरिएकाे सम्झाैता,चार दलबीच भएकाे १६ बुँदे सहमति खारेजी, भूकम्पपीडितकाे राहतमा भ्रष्टाचार गर्नेलाइँ कारवाहीकाे माग राख्दै नेकपा माअाेवादीले अाज नेपाल बन्दकाे अायाेजन गरेकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु