बन्दका कारण ओलीको भम्रण रोकियो

२०७४ फाल्गुन ८ गते, मंगलवार

काठमाडौं, ८ फागुन । नेपाल बन्दकाकारण प्रधानमन्त्री केपी शर्मा ओलीको पोखरा भम्रण रोकिएको छ । बन्दकाकारण प्रधानमन्त्री ओलीको पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन पोखरा आउने कार्यक्रम रोकिएको हो । प्रधानमन्त्री ओली सो विश्वविद्यालयको कुलपति रहेका छन ।
पोखरामा बन्दको प्रभाव व्यापक रहेको सूचना पाएपछि प्रधानमन्त्री ओलीले जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितलाई उक्त समारोहमा सहभागी हुन निर्देशन दिएको र मन्त्री पण्डितले समेत अहिले अन्तिम समयमा आएर आफू कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी गराएको बुझिएको छ । दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा मन्त्री नआउने भएपछि पोखरा विश्वविद्यालयका उपकुलपतिको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह शुरु भएको छ ।
यसैबीच पोखरा एयरपोर्ट नजिक पोखराको नागढुंगामा शंकाष्पद वस्तु फेला परेको छ । झोलामा राखिएको वस्तु विष्फोटक पदार्थ हुन सक्ने आशंकामा सुरक्षाकर्मीहरुले शंकाष्पद वस्तुलाई निष्कृय गराउने कोशिश गरिरहेका छन् ।
यता , नेपाल बन्दका क्रममा पश्चिममा सुर्खेतबाट बिद्यार्थी नेताहरु धनबहादुर नेपाली , कमल बुढा र पार्टी जिल्ला नेता रत्न बिक तथा डाेल्पाबाट गाेकर्ण थापा गिरफ्तार परेका छन् । त्यस्तै कंचनपुरबाट विद्यार्थी र पार्टी नेताहरू राजेन्द्र बिष्ट , बिरेन्द्र शाह, र मान बहादुर बिष्टलाई गिरफ्तार गरिएको छ भने विरेन्द्र शाह र कमल प्रहरी संगकाे झडपमा घाइते भएका छन् । बन्द उलंघन गरेर गाडिमा पुलिस राखेर हिडेकाे बुढिगण्डकिकाे ईन्जिनियर चढेको सरकारी गाडी र एक ट्याक्टर कंचनपुरमा ताेडफाेड भएको छ । उता बाजुराको इक्रि र बार्जुगाडी पुलमा बम फेला परेकाले सम्पूर्ण यातायातका साधन ठप्प भएको छ भने कैलालीमा बिहानै देखि ठाउँ ठाउँमा प्रर्दशन भएकोले यातायात र बजार बन्द रहेका छन् । अन्य पहाडी जिल्ला अछाम , बैतडी र डाेटीलगाएतमा पनि बन्दको प्रभाब ब्यापक परेको खबर छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु