बनस्पति ‘डटेलो’को तेलबाट राम्रो आम्दानी

२०७२ भाद्र १० गते, बिहीबार

काठमाडौ, १० भदौ । कालिकोट र जुम्लाका जंगलमा पाइने एक प्रकारको बनपस्ती झार ‘डटेलो’को तेलबाट यहाँका मानिसहरुले राम्रो आम्दानी लिने भएका छन् । जंगलमा पाइने यो तेल बिगतमा त्यत्तिकै खेर जाने गरेको भएपनि अहिले यहाँका किसानहरुले प्रसोधन गरेर काठमाडौंलगाएतका शहरमा यसको राम्रो माग भएका कारणले यसको राम्रो मुल्य पाउने भएका हुन् ।
कालिकोटका किसानहरुले जंगलमा डटेलो टिपेर तेल निकाल्ने त्यो ब्यापारीहरुलाई बिक्रि गर्ने गरेका छन् । यो तेलको कालिकोटको ग्रामिण इलाकामा ब्यापारीहरुले सस्तो मुल्यमा लिने गरेको भएपनि ब्यापारीहरुले ६ सय रुयैयाँ प्रतिलिटर बिक्रि गर्ने गरेका छन् ।
जिल्लामा प्रसस्त मात्रामा डटेलोको तेल उत्पादन हुने गरेको त्यसको बिक्रि हुने गरेको बिषयमा आफुहरुलाई थाहा नभएको जिल्ला वन कार्यालय कालिकोटका निमित्त प्रमुख प्रकाश देवकोटाले बताए । ‘डटेलोको तेल राम्रो उत्पादन हुन्छ ।’ उनले भने,–‘बिक्रि गरेको थाहा छैन् ।’
त्यस्तै यस बर्ष जुम्लाका किसानहरुले २ सय क्वीन्टल डटेलोबाट उत्पादित तेल निर्यात गर्दा जुम्लालाई ५० लाख रुपैयाँ आम्दानी हुने भएको छ । देश तथा विदेशमा पनि ढटेलोको तेलको माग बढ्दै गएको हुनाले जुम्लामा पाईने ढटेलो संकलन गरी प्रशोधित तेल बाहिर पठाउन शुरु गरेको चन्दननाथ नगरपालिका –१ का तिलप्रसाद न्यौपानेले बताए । ‘जुम्लाबाट १ हजार लिटर ढटेलोको तेल निर्यात गर्ने लक्ष्य रहेको छ ।’ उनले भने,– ‘प्रति लिटर तेलको ६ सय रुपैयाँको मूल्यमा बजारमा बिक्री भईरहेको छ ।’
जुम्लामा वनस्पती ‘डटेलो’को ब्यवसायीक खेती समेत गरिएको न्यौपानेले बताए । जुम्लाको सिंजा क्षेत्रमा रहेका धापा, वड्की र नराकोट गाविसबाट सबैभन्दा बढी ढटेलो संकलन भएको छ । – रमेश रावल

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार