बनस्थलीवासीद्वारा सडकमै रोपाई

२०७१ श्रावण ११ गते, आईतवार


काठमाडौ, ११ साउन । काठमाडौं बनस्थलीवासीले बर्षाको समयमा सडक बिग्रिएर हिड्नै नसक्ने भएपछि अजिमा हलसँगै रहेको सिद्धिचरण मार्गस्थित सडकमा रोपाई गरेर आक्रोश पोखेका छन् । गत वर्षको जेठमा बाटो बिस्तार गर्ने क्रममा भत्किएको सडक मर्मत गराउन बारम्बार सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको भन्दै स्थानीयवासी सडकमा धान रोपेर विरोधमा उत्रिएका हुन् ।
बनस्थली चोकदेखि भगवान पाउँसम्मको १४ सय मिटर सडक मर्मत गर्ने क्रममा सिद्धीचरण मार्गस्थित ६ सय मिटर सडक भने त्यतिकै छाडिएको स्थानीयको भनाई छ । सडकमा ढल खनेर मर्मत नगरिकनै छाडिएकाले सर्वसाधरण निकै कष्टकासाथ यात्रा गर्न बाध्य छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार