बनफडानी नरोकिए सङ्घर्ष

२०७६ माघ ४ गते, शनिबार

काठमाडाैँ, ४ माघ । नेपाल कम्युनिस्ट पार्टी अबध स्वायत्त प्रदेशले बन क्षेत्रको दोहनविरुद्ध सङ्घर्ष गर्ने बताएको छ । शुक्रबार प्रेसविज्ञप्ति जारी गर्दै स्वायत्त प्रदेशअन्तर्गत तराई क्षेत्रमा वैज्ञानिक बन व्यस्थापनका नाममा भूमाफिया, बन विभागका भ्रष्ट कर्मचारी र आईएनजीओ मिलेर बन क्षेत्रको अत्यधिक दोहन गरेको भन्दै तत्काल नरोके कारबाही गर्ने चेताबनी दिएको हो ।स्वायत्त प्रदेशका प्रमुख नाथुप्रसाद थारुद्वारा जारी विज्ञप्तिमा वैज्ञानिक बन व्यवस्थापनका नाममा गरिएको बन फडानी तत्काल रोक्न चेताबनी दिइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘तराईमा सामाजिक दलाल सरकारद्वारा संरक्षित भूमाफिया, काठतस्कर, बन विभागका भ्रष्ट कर्मचारी र आईएनजीओ मिलेर वैज्ञानिक बन व्यवस्थापनका नाममा साललगायतका घनाजङ्गल फडानी गरी हजारौँ हेक्टर बन क्षेत्र सखाप पारिएको छ र ती क्षेत्र उजाड चौरमा परिणत भएका छन् । यसले एकातिर प्राकृतिक प्रकोपको जोखिम बढेको छ भने अर्कोतिर पर्यावरणमा समेत गम्भीर असर पारेको छ ।’
सरकारको कथित वैज्ञानिक बन व्यवस्थापन कार्यक्रमबारे कसैलाई पनि भ्रममा नपर्न अपिल गर्दै नेकपाले प्राकृतिक स्रोत र साधनमाथिको लूट र दोहनको अन्त्य वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्भव भएको जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु