बढी सन्तान जन्माउनेलाई नयाँ नयाँ सुविधा

२०७३ भाद्र १२ गते, आईतवार

काठमाडौ, १२ भदौ । दक्षिण कोरियाली सरकारले नागरिकहरुलाई बढी सन्तान जन्माउन प्रोत्साहित गर्न नयाँ नयाँ उपाय घोषणा गरेको छ। घट्दो जन्मदर घटाउन सरकारले यसप्रकारको घोषणा गरेको हो । कोरियन हेराल्ड पत्रिकाका अनुसार प्रजननसम्बन्धी समस्या समाधानका लागि सरकारले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। सरकारी सहयोग सेप्टेम्बर महिनाबाट प्रदान गरिनेछ । यसको लाभ सबै उमेर समूहले लिन सक्नेछन् ।
अहिलेसम्म सरकारी सहयोग कम उमेर समूहका दम्पत्तिले मात्र पाउँदै आएका थिए । तर, यो परिवर्तनपछि अब उपचारका लागि सबै उमेर समूहले ६० हजार रुपैयाँको हकदार हुनेछन् ।
सन् १९६० को दशकपछि दक्षिण कोरियामा जन्मदर तिब्रताका साथ गिरावट भइरहेको छ। जन्मदर बढाउन सरकारले कडोरौ डलर खर्च गरे पनि खासै सुधार आउन सकेको छैन ।
स्वास्थ्यमन्त्री जंग चिन युका अनुसार जन्मदरमा भइरहेको गिरावट रोक्न हरेक प्रकारको कोशिस भइरहेको छ । यसका साथै सरकारले प्रजननसम्बन्धी रोगको उपचारका लागि आगामी वर्ष जुलाईमा तीन दिने अवैतनिक विदाको ग्यारेन्टीसमेत गरेको छ।
दोस्रो सन्तान जन्मदा पिताहरुलाई पितृत्व अवकाश भुक्तानी पनि वृद्धि गरिएको छ। पत्रिकाका अनुसार तीन वा तीनभन्दा बढी बच्चा भएको घरलाई सार्वजनिक हेरचाहको सुविधामा प्राथमिकता दिइनेछ ।
कोरिया टाइम्सका अनुसार यो वर्षको पहिलो पाँच महिनामा गत वर्षको सोही महिनाको तुलनामा जन्मदर ५.३ प्रतिशतले कमी आएको छ।
आलोचकहरुका अनुसार समस्या पैसाले नभएर दक्षिण कोरियाको कर्पोरेट संस्कृतिका कारण सिर्जना भएको हो । किनभने कर्पोरेट कम्पनीहरुमा कर्मचारीहरुबाट बढीभन्दा बढी समय कामको अपेक्षा गरिन्छ ।
यही कारण बच्चाको हेरचाह गर्न समस्या हुने भएकाले दम्पत्तिहरु सन्तान जन्माउन चाहँदैनन् ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु