बडी बिल्डिङ च्याम्पियनसिप हुँदै

२०७५ माघ ४ गते, शुक्रबार

काठमाडौं, ४ माघ । नेपालमा शारिरिक सुगठन विस्तारका लागि आइएफबीबी प्रोपफेसनल लिग हुने भएको छ । नेपालका बडी बिल्डरहरुबारे उत्सुकता जनाउँदै अन्तर्राष्ट्रिय शारीरिक सुगठन महासंघ (आइएफबीबी)ले सो लिग सञ्चालन गर्ने भएको हो । ‘आइएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ प्रो क्वालिफायर’ नाम दिइएको साे प्रतियोगिता ‘एकेडेमी हल’ मा फागुन ३ र ४ गते (फेब्रररी १५ र १६ मा) आयोजना हुने भएकाे हाे । आइएफबीबी विश्व प्रसिद्ध बडी बिल्डर च्याम्पियनसिप लिग हो । यो लिग क्यालिर्फानियाका पुर्व स्टेट गभर्नर र चर्चीत हलिउड स्टार एर्नोल्ड शवरजेनेगरसँग सम्बन्धित रहेको छ । गत डिसेम्बर ७ को शुक्रबार एक प्रेस मिटमा आइएफबीबी लिग नेपालका अध्यक्ष सानु गुरुङ्गले आइएफबीबी लिगले आइएफबीबी लिग नेपाल चेप्टरलाई लिग सञ्चालनका लागि अवसर दिएको बातएका थिए ।
आइएफबीबी नेपालका अनुसार नेपालमा हुने यो प्रतियोगीतामा नेपाल लगायत विभिन्न देशका बडी बुल्डरको सहभागिता रहनेछ । नेपालमा पहिलो पटक हुन लागेको साे आइएफबीबी लिग बडिबिल्डिङका ‘गेष्ट पोजर’ का रूपमा नेदरल्यान्डका रोली विङ्कलार फेब्रुअरी १४ मा नेपाल आउने भएका छन् । उनी १४ तारिखमा आएर १७ तारिखमा फर्कने बताइएकाे छ ।
करिब १७ करोडको लगानीमा आयोजना भइरहेको यो च्याम्पियनसिपमा २० देशका २०० भन्दा बढी प्रतियोगीहरुको सहभागिता रहनेछ । अहिलेसम्म १७० देशहरु आइएफबीबी लिगका सदस्य भइसकेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु