बझाङ पनि विप्लबमय

२०७१ मंसिर २७ गते, शनिबार

काठमाडौ । बझाङ जिल्लाका अधिकांश मोहन बैद्य पक्षका नेता नेत्र बिक्रम चन्द(विब्लब)नेतृत्वको नेकपा माओवादी पक्षतिर लागेका छन । ४१ सदस्य जिल्ला कमिटि रहेको नेकपा माओवादीमा ३८ जना विब्लब पक्षतिर लागेका हुन ।
पुर्व सभासद तथा जिल्ला संयोजक शंकर खड्का, बझाङ जिल्लाका जनयुद्घका संस्थापक तथा केन्द्रिय सल्लाहकार धन बहादुर मल्ल र जिल्ला सेक्रेटरी लक्ष्मण खडका विब्लब माओवादी तिर लागेपछि जिल्लाका अन्य जिल्ला कमिटिका नेताहरु पनि बिब्लब पक्षधर तिर लागेका नेकपा माओबादीका जिल्ला कमिटि सचिवालय सदस्य चन्द्र सिंहले बताए । नेकपा माओवादीका सह सेक्रेटरी आनन्द विक लगायत ३ जना भने बैद्य माओवादीमा यथावत रहेको सिंहको भनाइ छ ।
दशबर्षे जनयुद्घमा धेरै मानिसहरुको बलिदान भएको,धेरै मानिसहरु बेपत्ता र अंगभंग भएकाहरुका लागि पार्टिले सकारात्मक पहल नगरेकोे भन्दै नयाँ बाटो रोजेको बिब्लव पक्षधरको माओबादीमा लागेका स्रोतको बुझाइ रहेको छ ।
जिल्लामा अझैपनि कार्यकर्ताहरुको माओवादीले मिलेर जानुपर्छ राय राख्दै आएका माओवादीका केन्द्रिय सल्लाहकार धन बहादुर मल्लले बताए ।
“बिब्लबको कार्ययोजना ठिक लागेकाले आफुले बिब्लब माओवादी रोजेको हुँ ”उनले भने ।
बैद्य माओवादी फुटेपछि बझाङ जिल्लाका नेकपा माओवादीका कार्यकर्ता भने रनभुल्ल परेका छन ।
यता बैद्य पक्षका नेता आदन्दलाल बिकले जिल्ला कमिटिका बढिजसो नेता बैद्य पक्षधरमै रहेको र सबै नेता बिब्लब माओवादीमा लागेका हल्ला मात्र भएको् दाबी गरे ।

प्रतिक्रियाहरु