बजेट अधिवेशन शुरु हुँदै

२०७७ बैशाख २६ गते, शुक्रबार

काठमाडौं, २६ बैशाख । आज अपराह्न ४ बजेवाट संसदको वर्षे अधिवेशन अर्थात् बजेट अधिवेशन शुरु हुँदैछ । आज प्रतिनिधिसभा र प्रदेशसभाको बैठक संयुक्त रुपमा बस्नेछ । कोरोना भाइरसको संक्रमण हुन नदिन सामाजिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइएको छ । सचिवालयले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सबै तयारी पूरा गरेको जनाएको छ ।
यसका लागि हिजो दिनभर सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो भने छुटेकाहरुको आज पनि स्वाब संकलन गरिने छ । सांसदहरुले कोरोना नभएको रिपोर्ट देखाएर मात्रै संसदमा प्रवेश पाउनेछन् ।
जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरु सबैलाई कोरोना संक्रमण भए/नभएको यकिन गरेर मात्र संसद भवनमा प्रवेश दिइने व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ । पत्रकारलाई कलम र डायरी लैजान प्रतिबन्ध लगाइएकको संसद सचिवालयले सूचना निकाली जनाएको छ ।
जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था रहेको छ भन त्यस अगाडि पूर्व बजेट छलफल गर्नपर्ने भएकाले कोरोनाको जोखिमकै बीचमा पनि बैठक सञ्चालन गर्न लागिएको हो । मिनी संसद मानिे संसदीय समितहरुले त आफ्ना बैठकहरु शुरु गरिसकेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार