बजार अनुगमन टोलीमाथि हातपात

२०७१ आश्विन ५ गते, आईतवार


काठमाडौ, ५ असोज ।बाणिज्य टोलीले अनुगमन गर्ने क्रममा काठमाडौ न्यूरोडस्थित बिशाल बजारक ब्यापारीबीच विवाद हुँदा झडप भएको छ।अनुगमनका लागि बाणिज्य विभागको टोलीसँग भनाभना भएपछि तनावसँगै झडपको स्थिति आएको विभागका प्रतिनिधि हिरम्भराज पोखरेलले बताए।पसलसँग खरिद तथा विक्री बिल मागेर अनुगमन गरिरहेको अवस्थामा पसल संचालकहरुले बाणिज्य टोलीमाथि हातपात गरेका थिए। प्रहरीले झडपको स्थितिलाई नियन्त्रणमा लिए पनि अहिले पनि विशाल बजारमा तनावपूर्ण अवस्था छ। विशाल बजारलाई अहिले प्रहरीले आफ्नो सुरक्षा घेरामा राखेको छ।
बाणिज्यको अनुगमन टोलीलाई प्रहरीको सुरक्षा घेरामा राखिएको छ भने बिशाल बजारका सबै पसल बन्द गरिएका छन्। हातपातमा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केही दिनअघि पनि अनुगमन गर्ने क्रममा बिशाल बजारमा विवाद झडप भएको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु