बगदादमा बम विष्फोट, ३० जनाको ज्यान गयो

२०७१ फाल्गुन १३ गते, बुधबार

काठमाडौ, १३ फागुन। इराकको राजधानी बगदादमा भएको श्रृङ्खलाबद्ध बम बिस्फोटमा परी कम्तीमा ३० जनाको ज्यान गएको छ । एक आत्मघाती आक्रमणकारीले बिस्फोट गरे लगतै सडकमा रहेको कार पनि बिस्फोट भएको बिबिसीले जनाएको छ । बिस्फोटको जिम्मा कसैले नलिएपनि आइएस लडाकुले बिस्फोट गरेको हुनसक्ने आशंका गरिएको छ ।
यसैबीच, अफगानिस्तानमा बन्दुकधारीले ३० जनालाई अपहरण गरेका छन् । जाबुल प्रान्तमा अल्पसंख्यक हजारा जनजातिका ३० जनालाई अपहरण गरिएको स्थानीय अधिकारीलाई उधृत गर्दै बिबिसीले जनाएको छ । बन्दुकधारीले २ वटा बसमा रहेका यात्रुहरुमध्ये पुरुष यात्रुलाई मात्र अपहरण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रियाहरु