बंगलादेशमा विपक्षी नेतालाई फाँसी

२०७२ मंसिर ६ गते, आईतवार

काठमाडौं, ६ मंसिर। बंगलादेशमा युद्ध अपराधमा दोषी मानिएका दुई विपक्षी नेतालाई फाँसी दिइएको छ । सन् १९७१ मा पाकिस्तानसँग भएको स्वतन्त्रता युद्धका क्रममा युद्ध अपराध गरेको आरोप लागेका सलाहुद्दीन कादिर चौधरी र अली अहसान मोहम्मद मुजाहिदलाई फाँसी दिइएको हो ।
अदालतले दुबैलाई नरसंहार र बलात्कारको घटनामा दोषी किटान गरेको थियो । मृत्युदण्ड नदिन दुबैले गरेको याचना राष्ट्रपतिबाट पनि खारेज भएलगत्तै फाँसी दिइएको बंग्लादेशका गृहमन्त्रीले जानकारी दिएका छन् । चौधरी ६ पटक सांसद रहिसकेका तथा अली मुजाहिद इस्लामिक पार्टी जमात ए इस्लामीका ठूला नेता मध्ये मानिन्थे । – एजेन्सी

प्रतिक्रियाहरु