बंगलादेशमा बम विस्फोट

२०७३ चैत्र १३ गते, आईतवार

काठमाडौं,१३ चैत । बंगलादेशको उत्तर पूर्वी शहर सिलहटमा गराइएको दुई वटा बम विष्फोटमा तीन जना मारिएका छन् । मारिनेमा एक जना प्रहरी अधिकारी पनि रहेको सरकारी अधिकारीहरुले बताएका छन् । अरु दुई जना मध्ये एक जना आक्रमणकारी हुन सक्ने सिलहटका प्रहरी प्रवक्ताले बताएका छन् । घटनामा ४० जना घाइते भएका छन् । विद्रोही र सुरक्षाकर्मीबीच भिडन्त भइरहेको भवन नजिक विष्फोट भएको हो । सिलहटमा सुरक्षाकर्मीले विद्रोहीविरुद्ध कारवाही अभियान चलाइरहेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु