फ्रान्सका राष्ट्रपतिद्वारा अमेरिकी संसदमा सम्बोधन

२०७५ बैशाख १३ गते, बिहीबार

काठमाडौं, १३ बैशाख । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले उग्रराष्ट्रवाद र पृथकतावादले कसैको भलो नहुने बताएका छन् । अमरिकाको तीन दिने भ्रमणका क्रममा अमेरिकी संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति म्याक्रोनले उग्रराष्ट्रवाद र पृथकतावादको चिन्तनले विश्व समृद्धिको चाहनामा ठेस पुर्‍याउने बताए । उनको यो भनाइलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अमेरिका पहिलो नीतिमाथिको टिप्पणीको रुपमा व्याख्या गरिएको छ ।
यद्यपी यी दुई नेताबीचको सम्बन्ध भने मजबुद नै छ । तर म्याक्रोनको यो भाषणले पर्यावरण र इरानसँग भएको आणविक सम्झौताका विषयमा अमेरिकी धारणाप्रति फ्रान्सको असहमति रहेको देखिएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु